कोरोनाको संकटमा जनतालाई छाडेर २० युवती लिएर जर्मन भागे थाईल्याण्डका राजा !

कोरोनाको संकटमा जनतालाई छाडेर २० युवती लिएर जर्मन भागे थाईल्याण्डका राजा !

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

एजेन्सी चैत्र १७ । एशियाली मुलुक थाईल्याण्डमा कोरोनासगँ जुधिरहेका जनतालाई छाडेर राजा महाबाजिरा लोंगकोर्न २० युवती र नोकरचाकर लिएर जर्मनी पलायन भएका छन् । कोरोनाले हजारौ संक्रमित भएको र केही मृत्यु समेत भएको अवस्थामा राजा भने यही कोरोनाबाट जोगिन जर्मनीको बिशाल आलिसान महल रिजर्भ गरेर गएका हुन् ।
जर्मनको एक होटल रिजर्भ गरेर उनले सबै आसेपासेलाई पनि त्यही लगेका छन् । यसको थाईल्याण्डमा निकै आलोचना भईरहेको छ । उनले आफ्ना वरिपरी स्याहारे सुस्याहारे र नोकर चाकर पनि लगेका छन् ।
जर्मनको लक्जरी रिसोर्ट अल्पाईन रिजर्भ गरेर उनले आईसोलेसन बनाएका छन् । २०१६ मा आफ्ना पिताको मृत्यु पछि उनी राजा बनेका थिए ।
उनले चार श्रीमतिलाई छाडेर २० जना युवती लगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले जर्मनीबाट पनि राजपरिवारका सदस्यहरु करीब एक सय १९ जनालाई स्वदेश फिर्ता गराएको बताईएको छ । राजाको आलोचना गर्दा जेल सजाय हुने व्यवस्थाका बाबजुद जनताले ठूलो प्रतिकृया जनाईरहेका छन् ।दशौं लाख ट्वीट र अन्य सामाजिक सञ्जालमार्फत राजाको विरोध शुरु भएको छ । राजाको विरोध गर्नेलाई १५ बर्ष जेल सजाय हुने व्यवस्था छ थाईल्याण्डको संविधानमा ।

NBT

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी