विश्वका १०३ जना अर्बपतिहरु बस्ने अमेरीकी शहर न्यूयोर्कमै बिरामीलाई फोहोरको थैलीको मास्क ?

विश्वका १०३ जना अर्बपतिहरु बस्ने अमेरीकी शहर न्यूयोर्कमै बिरामीलाई फोहोरको थैलीको मास्क ?

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

विश्वका अर्बपतिहरु मध्य एक सय ३ जना बढी बस्छन् न्यूयोर्कमा । अमेरीकाको न्यूरोर्क शहर संसारकै आलिसान, सविधान सम्न्न र धनी शहरको रुपमा त्यस कारण पनि गनिदै आएको छ ।
अमेरीकी सभ्यता र धनको प्रतीकको रुपमा देखाउने यही न्यूयोर्क अहिले कोरोना सामु निरीह छ । न्यूयोर्कमा आज बिहान सम्मको रिपोर्ट अनुसार ५३ हजार भन्दा बढी कोरोना संक्रमित पुगेका छन् । अमेरीकामा कोरोनाका कारण मृत्यु भएका कुल संख्याको झण्डै आधा हिस्सा न्यूयोर्कमै छन् । आज सम्म अमेरीकामा २२ सय बढीको मृत्यु भईसकेको छ ।

त्याहाँ रहेका अस्पतालहरुमा उपचार गर्ने बेड, ठाँउ समत नभए पछि बगैचा, गाडी राख्ने ठाँउ, अस्पतालको प्यासेज,सबैतिर ओछ्यान लगाएर बिरामीलाई राख्न थालिएको छ ।
श्वास्थ्यकर्मीहरुको अभावले गर्दा सेवा निवृत भएका हजारौ श्वास्थ्यकर्मीहरुलाई आव्हान गरिएको छ सेवाका लागि तर पनि अभाव उस्तै छ ।

प्रहरी , कर्मचारी कोही अछुतो छैन कोरोनाबाट । यति सम्म कि एउटै भेन्टिलेटरमा दुई जना विरामीलाई राख्न थालिएको सार्वजनिक भए पछि राष्ट्रपति ट्रम्पले तुरुन्तै भेन्टिलेटर बनाउन निजी कम्पनीहरुलाई आदेश दिएका छन् । भेन्टिलेटरमा नराखे कोरोनाका बिरामी फोक्सोमा समस्या भएर श्वास प्रस्वासमा आउने समस्याले तुरुन्त मर्ने संभावना हुन्छ । त्यसैले आवस्यक परे एउटै भेन्टिलेटरमा ४ जनालाई सम्म राख्न सक्ने गरी तयारी अस्पतालहरुले थालेका छन् ।


यति सम्म कि बिरामीलाई मास्कको अभाव भएर फोहोर फ्याक्ने झोलाहरु समेत प्रयोग गरेर मास्क बनाईएको बताईन्छ । डा. मार्को गारेनले यस्ता तस्वीरहरु पोष्ट गरेका छन् ।
यही शहरमा लक डाउन गर्नु पर्ने अर्बपति बिल गेट्सले आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्प समेत लकडाउन गर्ने सोचमा भए पनि अचानक यो निर्णयबाट अमेरीका फिर्ता भएको छ ।

सबै भन्दा खराब अवस्था विश्वकै धनी, सविधा सम्पन्न र व्यवस्थित भनिएको शहरमा कोरोनाले निम्त्याएको कहरका बेला सबै भन्दा अस्तव्यवस्ता देखा परेको छ । झण्डै साढे ८ करोड जसंख्या भएको न्यूयोर्कको यो दुरावस्थाले राज्यप्रणाली र निजी सम्पत्तिको अस्वस्थ प्रतिस्पर्धा गर्ने व्यवस्थामाथि चूनौती देखिएको छ ।

जहाँ धेरै अर्बपतिहरु छन् , त्यही एउटै भेन्टिलेटरमा ४ बिरामी राख्ने स्थिति, जहाँ धेरै सुन्दर घर र होटल र भवनहरु छन् त्याहाँ प्यासेज र पार्कमा विरामी राख्नु पर्ने अवस्था आउनुको अर्थ के हो ?

-एजेन्सीहरुको सहयोगमा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ