चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार आउने

चीनले दिने कोरोना परीक्षण सामग्री शनिबार आउने

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मेलम्ची, १४ चैत । चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।

बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

रु १८ लाख जम्मा हुने

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सवारी पासको दुरूपायोग गर्ने गाडी नियन्त्रणमा

सवारी पासको दुरूपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ । काठमाडाँैबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

‘लकडाउन’ पूर्ण कार्यान्वयन

सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रूपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी