चैत्र १२, काठमाडौँ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ट्वान्टी–२० वरीयतामा नेपाल यथावत १५ औं स्थानमा रहेको छ ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ भने एकदिवसीय अन्तर्रा्ष्ट्रिय वरीयतामा भने नेपाल १६औं स्थानमा रहेको छ ।
यसअघि तीन स्थान ओरालो लाग्दै १५औं स्थानमा पुगेको नेपाल हाल पनि सोही स्थानमा रहेको छ ।
एसिया कप छनोटअन्तर्गत इस्टर्न रिजनमा खराब प्रदर्शनका कारण नेपाल तीन स्थान तल ओर्लेको थियो । यसअघि नेपालले ट्वान्टी–२० तालिकाको सबैभन्दा माथिल्लो स्थान भने ११ औं स्थान रहेको थियो । यस्तै तालिकाको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अस्ट्रेलिया, तेस्रोमा इङ्ल्यान्ड, रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline