फुटबल प्रशिक्षक ग्वार्डिओलाद्धारा कोरोनाविरुद्ध लड्न एक मिलियन युरो सहयोग

फुटबल प्रशिक्षक ग्वार्डिओलाद्धारा कोरोनाविरुद्ध लड्न एक मिलियन युरो सहयोग

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी, १२ चैत । इंग्लीश फुटबल क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसबिरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोनास्थित आफ्नो निवासमा रहेका स्पेनिस फुटबल प्रशिक्षक ग्वार्डीओलाले कोरोनाविरुद्ध लड्न स्पेन सरकारलाई यो सहयोग गरेका हुन् ।
स्पेनिस शहर बार्सिलोना कोरोना भाइरसबाट अत्यन्तै प्रभावित शहरहरुमध्ये एक हो । ग्वार्डीओलाले यो रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जाने बताएका छन् ।
सहयोग रकम अस्पतालमा भर्ना भएकाको उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामग्री खरीदमा खर्च गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ