कोरोना महामारी शुरुवात मात्रै हो, अन्त्य निकै कठोर हुनेछः चीनीया विज्ञ

कोरोना महामारी शुरुवात मात्रै हो, अन्त्य निकै कठोर हुनेछः चीनीया विज्ञ

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

एजेन्सी चैत्र ११ । कोरोना फैलन शुरु गरेको देश चीनका विशेषज्ञले कोरोनाको महामारी भर्खरै शुरुवात मात्र भएको भन्दै यसको अन्त्य निकै कठोर हुन सक्ने चेतावनी दिएका छन् ।
यसको अन्त्य कसरी हुन्छ भनेर अहिले नै अनुमान गर्नु हतार हुन्छ तर यसले कठोर अन्त्य दिने कुरा निश्चित देखिन्छ । चीनका बरिष्ठ ईपिमियोलोजिष्ट झेगं ग्वागंले चीनीया अनुभवका आधारमा उक्त भविष्यवाणी गरेका हुन् ।
उनले मंगलबार बोल्दै चीनले प्रारम्भमै लक डाउन सहित कडा मापदण्ड बनाउदा बनाउदै पनि ८० हजार बढी संक्रमित भएको भन्दै विश्वले कोरोनालाई परास्त नगर्दा सम्म चीन समेत पुनस्थापित हुन नसक्ने बताए ।
झेंगले एक हजार बढी बिरामी हुने देशको संख्या २६ रहेको र विश्वभर तीन लाख बढी संक्रमितको संख्या पुगेको भन्दै पछिल्लो समयको यो वृद्धि तीव्र देखिएको बताए ।
उनले शुरुमा ६७ दिनमा एक लाख संक्रमित पुगेको विश्वभर भए पनि पछिल्लो समय केवल ११ दिनमा एक लाख नाघेको दावी गरे ।
उनले अझ केही दिन भित्रै निकै संक्रमित हुन सक्ने पुर्वानुमान गर्दै चीन र विश्व स्वास्थ्य संगठनले दिएको सुझाव पश्चिमा देशहरुले अस्वीकार गरीरहेको र उनीहरुले आफ्नै पुरानो अनुभवका आधारमा अनुमान गरीरहेको भन्दै यसले उनीहरुलाई नै समस्या बढाउन सक्ने बताए । यद्यपि, दक्षिण कोरीयाले मर्सबाट सिकेर काम गर्दा नियन्त्रणमा सफलता पाउदै गएको बताए ।
चीनको व्यवहारीक नीतिले छोटो समयमा नै यो नियन्त्रात्मक अवस्थामा राख्न सफल भएको भन्दै अमेरीकी विज्ञहरुले केही दिनमै आफ्ना पुर्वानुमानहरु गलत सावित भए पछि समर्पण गरेको जिकिर झेगंले गरे ।
यद्यपि, पछिल्लो समय पश्चिमा देशहरुले कडा नियन्त्रित कदमहरु चाल्नु सकारात्मक भए पनि त्यो निकै ढिलो भएको बताए ।
तत्कालै परिक्षण गर्ने र तत्कालै रेस्पोन्स गर्ने विधिबाट अघि बढेमा मात्रै यो महामारी नियन्त्रण गर्दै जान सकिने भन्दै उनले अमेरीका र चीनबीच बौद्धिक तथा प्राविधिक अनुभव आदान प्रदान जरुरी रहेको बताए ।
एशिया र अफ्रीकी देशहरुले अझै पनि तयारी गर्ने समय रहेको भन्दै कोरोनाले ठूलो रुप लिनु पुर्र्व नै कडाई पूर्वक सतर्कता अपनाएमा सहज हुन सक्ने सुझाव दिएको ग्लोबल टाईम्सले समाचार लेखेको छ । भ्याक्सिन तयार हुन समेत अझ केही समय लाग्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ