ईटालीदेखि अमेरीकासम्म कोरोनालाई हल्का रुपमा लिदाँ भयावह बन्यो

ईटालीदेखि अमेरीकासम्म कोरोनालाई हल्का रुपमा लिदाँ भयावह बन्यो

लकडाउनको गंभीर पालना नगर्ने देशमा कोरोना हिट बढी

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

एजेन्सी चैत्र ११ । एजेन्सी चैत्र ११ । आदरणीय पाठकहरु हामी कोरोनाको विश्वप्यापी संकटको सामना गरीरहेका छौं । एक क्षेत्र , एउटा गाँउ हैन सिंगो धर्मीको ठूलो हिस्सा र अरबौं मानिसहरु यो संकटबाट तर्सिरहेका छन् । यस्तो अवस्थामा आफै सचेत हुने, सुझाव र अपीलहरुलाई ध्यान दिनु धेरै जरुरी छ । यदी हामीले यसलाई हल्का रुपमा लियौं भने यसले कस्तो विकराल रुप लिन्छ यसको उदाहरण हामी पेश गर्दै छौं । अहिले सरकारले लक डाउन गरेका बेला पनि सडकमा मोटरसाईकल लिएर हिडिरहेका मानिसहरु देखिराखिएको छ । सडकमा लकडाउनको ख्याल नगरी हिड्ने काम भएको छ । तर सम्झिनुस् स्लो मोसनमा गाँज्ने कोरोनाले जो कसै एउटालाई छोयो र उसले लापरबाही गर्यो भने कसरी अरु हजारौं संक्रमित हुन्छन् त्यसको उदाहरण दक्षिण कोरीयाको एउटा चर्चमा कोरोना लुकाएर प्रार्थना गर्न पुगेकी महिलाबाट बिस्तारै ५ हजार मानिसमा सरेको उदाहरण छ ।
बिशाल जनसंख्या भएको छिमेकी मुलुक भारतमा पनि जनता कफ्र्यु पछि लागु गरिएको लक डाउनको उलंघन भईरहेको छ । भारतमा अहिले सम्म ५ सय हाराहारीमा बिरामीको संख्या पुगेको छ र मृतकको संख्या ९ पुगेको छ । ख्याल नपुर्याउने र फैलियो भने कोरोनाले विकराल रुप लिन सक्छ ।
यूरोपदेखि अमेरीकासम्म सरकारका यस्तै निर्देशन र अपील जनताले नटेर्दा अहिले ठूलो भयाबहको स्थिति बनेको छ ।

१. ईटाली
ईटालीमा कोरोनाको संक्रमण फैलन शुरु गरेको केही समय पछि मार्च १० मा लकडाउन घोषणा गरियो । ठूलो शहर मिलानमा लकडाउनका बाबजुद मानिसहरु सुपरमार्केटमा घुम्ने र सामान खरीद गर्ने काममा व्यस्त रहे । सरकारले पनि कडाईपूर्वक लागू गरेन । रेष्टुरेन्टमा खाने, पार्कमा घुम्ने,क्लबमा लेट नाईट पार्टी चलिरह्यो । जसै कोरोनाले उग्र रुप लिदै गयो । अनियन्त्रिक ढंगले बढेको कोरोनाले अहिले ईटालीमा ६०७८ जनाको ज्यान गईसकेको छ भने करीब ६० हजार नजिक संक्रमित भएका छन् । अहिले लकडाउन लागू गर्न सेना परिचालन गरेको छ सरकारले । सबै भन्दा प्रभावित लोम्बार्डीमा पनि लकडाउन कडाई पूर्वक लागू हुन नसक्दा जनताले हेलचेक्रयाई गर्दा आज ईटालीमा यो संकट आएको छ ।

२. जर्मनी
जब जर्मनीमा कोरोना फैलिएको थियो तब त्याहाँकी चान्सलर एङगेला मर्केल सुपरमार्केटमा सपिङ गर्दैथिईन् । जर्मनीका युवाहरु पार्टी, मस्तीमा रमाईरहेका थिए । कोरोना लागेका कतिपय वृद्धहरुप्रति त उनीहरु मजाक गरीरहेका पनि थिए । यही हेलचेक्रयाई र लापरबाही आज जर्मनीलाई संकटमा पुर्याउने कारण बन्दै छ । जर्मनीमा शुरुमा एक दुई जनामा देखा परेको कोरोनाले अहिले १२३ जनाको ज्यान लिएको छ भने २८ हजार बढी संक्रमित छन् र लक डाउन लागू गरिएको छ । अहिले दुई जना भन्दा बढी मानिस भेला हुन नपाउने नियम जर्मनीमा अस्थायी रुपमा लागू भएको छ ।
३. फ्रान्स
लापरबाहीको नतिजा फ्रान्सले पनि भोग्न बाध्य भएको छ । कोरोनाको प्रारम्भिक लक्षण पछि फ्रान्सले लक डाउन र भीड भाड नगर्न निर्देशन दियो । तर व्यक्तिगत स्वतन्त्रतामा रमाउन चाहने पश्चिमा जगतमा युवाहरुले त्यो टेरेनन् । त्यसै कारण कोरोनाले संक्रमण तीव्र बनायो । अहिले फ्रान्समा १६ हजार बढी संक्रमित छन् र ६७४ जनाको मृत्यु भएको छ । लकडाउन पछि पनि तरकारी बजार र सार्वजनिक स्थानमा मान्छेको बाक्लो उपस्थिति देखिए पछि सरकारले प्रहरी परिचालन गरेको छ । काईट सफर, समुन्द्री किनारमा मस्ती गर्नु युवाहरुलाई लकडाउनले छेकेन । यति सम्मकी ती युवाहरुले चिकित्सकको सल्लाह समेत मानिरहेका थिएनन् । फ्रान्सका गृहमन्त्री क्रिस्टाफ क्रेस्टानेरले केही मानिस नियम तोडेर आफैलाई हिरो सम्झन्छन् भन्दै बिरोध गरे । ती मानिसहरु मुर्ख हुन् , उनीहरु स्वयं आफ्ना लागि र अरुका लागि खतरा बनिरहेका छन् । उनीहरुकै कारण कोरोना समुन्द्री किनार र ग्रामिण ईलाकामा जान सक्छ भन्दै अहिले कडाई गरिएको ती मन्त्रीले बताए । अहिले भने पेरिसको सिन नदीको किनारमा घुम्न प्रतिवन्ध लगाउन बाध्य भयो सरकार ।


४. अमेरीका
स्वयं अमेरीकी राष्ट्रपतिले वुहान र चीनीया भाईरस भन्दै ट्वीट गर्न र आलोचना गर्न व्यस्त रहे, तर देश भित्र बृहत तयारी नभएको भन्दै उनको आलोचना भईरहेको थियो । जसै जब कोरोना अमेरीका छिर्यो तब यसले अब त्याहाँ तबाह मच्चाउन शुरु गरेको छ । अमेरीकाले राष्ट्रिय संकट घोषणा गरेर प्रभावित राज्यहरुमा लकडाउन गरेर १० जना भन्दा बढी भेला नहुन निर्देशन दिएको छ । तर जनताले टेरिरहेका छैनन् । फ्लोरिडा सहितका राज्यमा समुन्द्री किनारामा मस्ती गर्न ठूलो संख्यामा मानिसहरु जम्मा भईरहेको देखिन्छ । यस्तो कि अमेरीकामा कोरोनाका कारण अमेरीकामा कोरोना संक्रमण ३५ हजार भन्दा माथि पुगेको छ भने ५ सय २० जनाको ज्यान गईसकेको छ । यस्तोमा प्रतिबन्धको उलघन गर्नेहरुलाई फ्लोरिडाका गभर्नर एन्ड्यु कुमोले आपत्ति जनाउदै प्रतिवन्धमा बीच पार्टी गर्ने घुम्ने मानिसहरु सुपर म्यान वा वुमेन नभएको टिप्पणी गरेका छन् । उत्तरी क्यारोलीनामा पनि सरकारी आव्हान उलंघन भए पछि अहिले कडाई शुरु गरिएको छ ।

५. स्पेन
अहिले स्पेनमा कोरोनाको कहर यति बढेको छ कि ३५ हजार मानिस प्रभावित भएका छन् भने २ हजार बढीको ज्यान गएको छ । कोरोनाको एकाध केस देखा पर्नासाथ सरकारले घरमै बस्न भन्दै संकटकाल घोषणा गरे पनि युवाहरु मस्तीमा रमाईरहे । अहिले स्थिति अनियन्त्रित भए पछि त्याहाँ सेना परिचालन गरिएको छ । कतिपय मिडियामा त खबर यस्तो पनि आएको छ कि स्पेनमा कतिपय घरमै मरेका बृद्ध बृद्धाहरु कुहिरहेको खबर सार्वजनिक भएको छ । यस्तो रिपोर्ट सेनाले दिएको हो । यस पछि सम्बन्धितलाई कार्बाही गर्ने चेतावनी सरकारले दिएको छ । संकटकाल र लकडाउन कायम गर्न सेनालाई सडकमा ल्याईएको छ । सरकारको आदेश विपरीत भेला हुने र भेटघाट गर्ने मानिसहरलाई प्रहरीले हेलिकप्टर प्रयोग गरेर समेत पक्राउ गरीरहेको छ ।

त्यसैले हामी पनि लकडाउनको भरपुर पालना गरौ, भीडभाडमा नजाऔं, अत्यावस्यक काम बाहेक सडक र बजारमा ननिस्कऔं । हाम्रो सामान्य केही समयको सावधानीले ठूलो महामारीको प्रकोपबाट जोगिन सक्छौं । तर सानो लापरबाहीले आफूलाई त जोखिममा पार्छौ नै अरुलाई , समाजलाई देशलाई पनि ठुलो नोक्सानीतर्फ धकेल्ने छौं । तसर्थ कृपया सतर्क बनौं ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ