लकडाउनः बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुल्ने, अत्यावश्यक कारोबार रोकिदैँन

लकडाउनः बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुल्ने, अत्यावश्यक कारोबार रोकिदैँन

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

११ चैत, काठमाडौं ।
लकडाउनको समयमा पनि बैंकिङ कारोबार सुचारु हुने भएको छ । जसका लागि बैंक तथा वित्तीय संस्थाको सीमित शाखा खुला हुने भएको छन् ।
राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुला गर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले जानकारी दिए ।
लकडाउनको समयमा ग्राहकको संख्या स्वत कम हुने भएपनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए ।
‘हामीले मोबाइल बैंकिङ इन्टरनेट बैंकिङबाट कारोबार गर्न सबै भुक्तानी निःशुल्क बनाएका छौं, एउटा बैंकबाट अर्को बैंकमा र एउटा खाताबाट अर्को खाताबाट कारोबार गर्न मिल्छ, त्यसको शुल्क पनि लाग्दैन । उनले भने ।
सबैले अनलाइन पेमेन्ट नगर्ने हुनाले सीमित शाखा खुल्ला गर्ने निर्णय गरिएको हो ।
बैंक खुला गर्ने कि नगर्ने भन्नेबारे सम्बन्धित बैंक र बैंकर्स संघको छलफलपछि गरिएको निर्णयलाई राष्ट्र बैंकले समर्थन र सहजीकरण गरिदिने नेपाल राष्ट्र बैंकका कार्याकारी निर्देशक देवकुमार ढकालले बताए ।
सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो । सरकारी निर्देशनका कारण बैंक तथा वित्तीय संस्था खुल्ने अवस्था थिएन ।
अब बैंकहरु खुला गर्नका लागि विशेष पास माग्न बैंकर्स संघ र सम्बन्धित बैंकहरुले स्थानीय प्रशासनसँग पहल गर्नेछन् । आवश्यक परे राष्ट्र बैंक र अर्थ मन्त्रालयले उनीहरुलाई सहजीकरण गर्ने बताइएको छ । तर कुन बैंकका कहाँ रहेका कुन शाखा खुल्छन् भन्ने बारेमा सम्बन्धित बैंकहरुले नै सूचना जारी गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ