हामी पशु जस्तै मर्नेछौं कोरोनाबाटः कास्मीरीहरुको पीडा

हामी पशु जस्तै मर्नेछौं कोरोनाबाटः कास्मीरीहरुको पीडा

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी चैत्र ११ । भारत नियन्त्रित कास्मीर अगष्ट ५ मा धारा ३७० को खारेजी पछि पूर्णतया सुरक्षाबलको नियन्त्रण र लकडाउनमा छ । धेरै नेता कार्यकर्ता जेलमा छन् । ईन्टरनेटहरु बन्द रह्यो लामो समय । जनजीवन त्यतिकै अस्तव्यस्त ।
त्यो त्रास हटि नसक्दै कास्मीरीहरुलाई विश्वभर फैलिरहेको कोरोनाले अर्को त्रास थपिदिएको छ । यस विवादीत क्षेत्रमा अस्पतालरुको पर्याप्तता नहुनु, पर्याप्त श्वास्थ्यकर्मी नहुनु कास्मीरीहरुका लागि ठूलो चिन्ताको बिषय बनेको छ । कास्मीरमा पनि कोरोना संक्रमणको पुष्टी भए पछि उनीहरुमा यो चिन्ता बढेको छ ।
कास्मीरको लद्धाखमा १३ जना संक्रमित भेटिएको छ । श्रीनगरका मेयर जुनैद मतुले पर्याप्त श्वासस्थ्य परीक्षणको अभाव रहेको र खराबीका लागि कुनै तयारी नरहेको बताए ।
श्वास्थ्य भन्दा बढी आतंकवादीको नाममा सुरक्षाफौजले गरीरहेको गतिविधि पनि कास्मीरीका लागि अर्को चिन्ताको बिषय छ । श्रीनगरका जनप्रशासन प्रमुख शहीद चौधरीले ट्वीटर मार्फत लेखेका छन्, मलाई विस्वास गर्नुस्, यदी मैले कास्मीरको दैनिक जीवनको कुरा शेयर गरे भने कोही पनि कास्मीरी सुत्ने छैनन, ।
कास्मीरका एक जना बरिष्ठ डाक्टर सामिया रसीदले श्वास्थ्य संस्थाहरु आफै विरामी जस्तो अवस्थामा रहेको र यदी यो महामारी फैलिएमा कास्मीरीहरु पशु जस्तै मर्न बाध्य हुने चेतावनी दिएका छन् ।
अस्पतालहरुमा श्वास्थ्यकर्मीहरुको समेत अभाव रहेको उनले बताईन् । अर्का एक जना डाक्टर अहमदले अलजजिरासगँ भने कि चिकित्सकहरु नै काम सकेर घर फर्कन डराईरहेका छन् ।
सुरक्षाका नाममा अझै पनि कास्मीरमा हाई स्पिड ईन्टरनेट प्रतिवन्धित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ