भौतिक संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने–एन्फा

भौतिक संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने–एन्फा

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सकिने जनाएको छ । त्यस्तै एन्फाले मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ