आवस्यक परे सबै होटल क्वारेन्टाईनका लागि दिन सक्ने संघको निर्णय

आवस्यक परे सबै होटल क्वारेन्टाईनका लागि दिन सक्ने संघको निर्णय

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चैत्र ९ काठमाडौं । काठमाडौंका सबै होटलहरु आवश्यक परे क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सरकारलाई दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् ।

शनिबार होटल व्यवसायी महासंघको नेतृत्वमा बसेको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश ३ र काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाण्डौमा पर्यटन सम्बद्ध सबै होटलहरु सरकारलाई कोरोना नियन्त्रणका लागि आवश्यक परे क्वारेन्टाइन संचालनका लागि दिने निर्णय गरेका छ ।

अन्य जिल्लामा पनि जिल्ला अध्यक्षहरुसँग समन्वय गरी क्वारेन्टाइनका रुपमा होटल प्रयोग गर्न दिन सकिने महासंघले जनाएको छ ।

सबै होटलहरु क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा सरकारले आवश्यक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विशेष निगरानीमा क्वारेन्टाइन पूर्वाधारका लागि उचित प्रबन्ध गर्नुपर्ने महासंघले माग गरेको छ ।

व्यवसायीहरुले कोरोनाको त्रासका कारण आफूहरुको व्यवसाय शून्यको अवस्थामा झरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ