एजेन्सी चैत्र ९ । भूगोलको हिशाबले विश्वको सबै भन्दा ठूलो देश रुसमा अहिले कोरोनाले खासै महामारीको रुप लिएको छैन । हाल सम्म एक जना बाहेक अरु कसैको पनि मृत्यु भएको छैन । धनी र ठूला देशहरु नै बढी जोखिममा परीरहेको बेला रुसमाथि पनि त्यस्तै प्रभाव पर्ने अनुमान थियो । यूरोप र एशियासगँ जोडिएकाले एशियाबाट चीन सबै भन्दा प्रभावित भएको र युरोपबाट ईटाली सहित प्रभावित रहेकाले रुस पनि उत्तिकै प्रभावित हुने आकलन गरिए पनि त्यसको तुलनामा रुस अपेक्षाकृत सुरक्षित छ ।
तर रुसीहरुले कोरोनासगँ खासै तर्सिएको देखिदैन । राष्ट्रपति पुटिनको आदेशमा सिमामा कडाई, परीक्षणमा कडाई आदि कारणले भित्रन नपाएको र अहिले करीब ३ सय बिरामी रहे पनि सहजै रहेको अधिकारीहरुले जनाएका छन् ।
अहिले केही धनी रुसी नागरिकहरुले घरैमा भेन्टिलेटर बनाएर सुरक्षा विधि अपनाएका छन् । कुनै पनि रुसीहरुलाई क्वारेन्टाईनमा राखिएको छैन ।
त्याहाँ विश्वकै ठूलो कोरोना लक्षित अस्पताल बनाईएको छ । पूर्व तयारी , सुरक्षा जाँचमा ध्यान दिईएका कारण अपेक्षाकृत कम प्रभाव परेको र आगामी दिनमा यसमा बिजय हासिल जसरी पनि गर्न राष्ट्रपति पुटिनले सक्रियता देखाएको बताईएको छ ।
पुटिनले भाईरस नियन्त्रणमै रहेको बताएका छन् । यद्यपि, अझ धेरै परीक्षण र क्वारेन्टाईन गर्नु पर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
