कोलकाता बन्दरगाहामा जहाज नै क्यारेन्टाइनमा

कोलकाता बन्दरगाहामा जहाज नै क्यारेन्टाइनमा

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

विराटनगर, चैत ८ ।
भारतको कोलकाता बन्दरगाहासम्म सामान बोकेर आएका मालवहाक समुन्द्री जहाजले १४ दिनसम्म क्यारेन्टाइनको रुपमा रोकिनु पर्ने भएको छ । विश्वको ११ मुलुकबाट सामान बोकेर कोलकाता आएका यस्ता जहाजसहित क्रु दलका सदस्यहरुलाई १४ दिनसम्मको क्यारेन्टाइनपछि मात्रै उतारिने भएको हो ।
जहाजका डकमा कन्टेनर १४ दिनपछि मात्रै उतार्ने तयारी गरेको कोलाकाता पोर्ट ट्रस्टले यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराईसकेको छ । मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यस विषयमा शुक्रबार छलफल समेत गरिएको छ ।
मन्त्रालयमा छलफल भएको छ, अब मालवहाक जहाजमा आएका सामानलाई १४ दिनसम्म यथावत राखेर मात्रै उतारिने भन्ने जानकारी पाएका छौं, उपसचिव केसीले भन्नुभयो–थप छलफल र अध्ययन पनि हुनेछ ।
कोरोना भाईरस संक्रमणग्रस्त भनिएका मुलुकबाट समान लिएर आउने जहाजबाट डकमा कन्टेनर नउतार्न कोलकाता पोर्ट ट्रस्टले गत बुधबार नै सूचना जारि गरेको थियो । उसले जारि गरेको परिपत्र अनुसार चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी, यूएई, कतार, ओमान र कुवेतबाट पैठारी भएर आएका मालसमान बोकेका कन्टेनर रोकिने भएको हो ।
यो परिपत्रसँगै गत चैत १८ गतेका दिनसम्म छुटेका जहाजको समान कोलकाता बन्दरगाहामा १४ दिनसम्म रोकिने छन् । जहाजसहित १४ दिनसम्म क्वारेन्टाइनमा राखिएका क्रु दलका सदस्य र अन्य व्यक्तिको परीक्षणपछि कोरोना नभएको यकिन भएको अवस्थामा मात्रै कन्टेनर उतारिने छ । यो परिपत्रपछि तत्काल बिग्रन सक्ने वस्तु पैठारीकर्ता भने मारमा पर्ने भएका छन् । चीनसहित मुलुकबाट आयात हुने स्याउ जहाजमै कुहिन सक्ने संभावना रहेको छ ।
नेपालले चीनलगातका ८ मुलुकबाट कृषिजन्य तथा पशुजन्य मालवस्तु ल्याउन नपाउने गतहप्ता नै परिपत्र जारि गरिसकेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले समुन्द्रपार ८ मुलुकबाट आयात गरिने वस्तुमा रोक लगाईसकेकोले अहिले कुनै मूल्यांकन र परीक्षण नगरिएको विराटनर भन्सार कार्यालयका अधिकृत गोपी उप्रेतीले जानकारी दिनुभयो ।
चीनको बन्दरगाहा हुँदै समुन्द्री जहाज कोलकातासम्म आउने गर्दछ । तत्काल कुहिने बस्तु बोकेका यस्ता जहाज १४ दिनसम्म बस्नुपर्ने अनिवार्य र त्यसपछि आवश्यकता अनुसार अनलोड नहुनसक्ने संभावनाले पैठारीकर्ता अत्तालिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ