आईसीपीमा पार्किङसहितका पूर्वाधार निर्माण गरिदैं, एजेन्ट बस्ने घर र गोदाम थप्नुपर्ने सुझाव

आईसीपीमा पार्किङसहितका पूर्वाधार निर्माण गरिदैं, एजेन्ट बस्ने घर र गोदाम थप्नुपर्ने सुझाव

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

विराटनगर, चैत ८ । विराटनगरस्थित एकिकृत जाँच चौकीमा अभाव देखिएका पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपीमा सञ्चालित भन्सारको कामलाई सहज बनाउन भन्दै आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।
भन्सारमा जाँचपास गराउन आएका मालवहाक सवारी पार्किङ अभाव हुँदा आईसीपी परिसरको सडकमा लाइन बस्नुपर्ने भएपछि पहिलो प्राथमिकतामा पार्किङको काम थालिने भएको छ । इन्टमोडलका निर्देशक हेमेन्द्र मोहन शाहीका अनुसार भन्सार क्षेत्रको क्षमता विस्तारका लागि प्राविधिक अध्ययनको काम थालिएको छ ।
संरचना थप गर्नका लागि शुक्रबार निर्देशक शाहीसहितको टोलिले विराटनगर भन्सार प्रशासन, ट्रान्स नेपाल र एजेन्ट संघसँग सुझाव मागेको थियो । छलफलमा तत्काल ३५० क्षमताको पार्किङ निर्माण गर्नुपर्ने र त्यसपछि क्रमशः एजेन्ट बस्ने घर र गोदाम थप गर्दै जानुपर्ने सुझाव आएको थियो ।
गत माघ २ गते उद्घाटन भएको आईसीपी विराटनगर, इन्टरमोडलले अस्थायी रुपमा ट्रान्स नेपाललाई सञ्चालनको जिम्मा दिइएको छ । तर, त्यसमा आवश्यक पर्ने भौतिक संरचना निर्माण लगायतका काम इन्टरमोडलले नै तयार गर्नुपर्ने भएकोले भन्सार प्रशासन र सम्बन्धित सरोकारवालासँग सुझाव मागिएको शाहीले जानकारी दिनुभयो ।
दशवर्ष अगाडीको आवश्यकतालाई हेरेर निर्माण गरिएको आईसीपी क्षेत्र अहिलेको आवश्यकता अनुसार साँघुरो भएको छ । निर्यात र आयातका लागि छुट्याईएको पार्किङ तथा प्रोसेसिङ यार्डमा तालमेल नदेखिँदा मालसमान बोकेर नेपाल आएका मालवहाकको जामले हैरानी पार्दै आएको भन्सार प्रमुख शिवप्रसाद भण्डारी बताउनुहुन्छ । सडकमा सवारी थपिने क्रम बढ्नेसँगै तत्काल जाँचपासको काम गर्नुपर्ने बाध्यताले त्रुटी हुनसक्ने संभावना रहेको भण्डारीको भनाई छ ।
आईसीपी क्षेत्रमा आयात र निर्यातका सामान बोकेका १२० मालवहाक मात्रै अट्नसक्ने पार्किङस्थल रहेको छ । तत्काल ४० फिटे ३५० मालवहाक अट्ने पार्किङस्थल बनाउने निर्देशक शाहीले भन्नुभयो–नेपाल सरकारको प्रत्यक्ष लगानीमा पार्किङ, वेयर हाउस, प्रोसेसिङ यार्ड, क्वारेन्टाइन र एजेन्ट हाउस बन्छ । शाहीका अनुसार दशवर्षपछिको आवश्यकतालाई परिपूर्ति गर्नका लागि थप ७०० सय सवारी क्षमताकोे पार्किङस्थल निर्माणका लागि विश्वबैंकसँग छलफल भईरहेको छ । दैनिक ३ बजेदेखि ५ बजेसम्मको समयमा ४५० सवारी अहिले आईसीपी क्षेत्रमा प्रवेश गर्ने गरेका कारण भरिभराउ हुने गरेको छ ।
आईसीपी क्षेत्रमा दोस्रो चरणमा गोदाम घर, क्यारेन्टाइन, एजेन्ट हाउस र आयातित वस्तुको जाँचपास गर्ने प्रोसेसिङ यार्ड थप्ने तयारी गरिएको छ । यी संरचना निर्माणका लागि शनिबारदेखि प्राविधिक टोलिले आफ्नो काम थाल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ