२०४३ सालमा जन्मिएका युवा व्यवसायि हाल लुम्वीनीमा व्यवसाय गरिरहेका छन् । उनको जन्म पहाडी जिल्ला गुल्मीको सत्यवती –२ पादीमा भएको थियो । उनको प्रारम्भिक शिक्षा गुल्मीको रिडीमा भएको हो । उच्च शिक्षा अध्ययन पाल्पा वहुमुखी क्याम्पसवाट भएको हो भने स्नातक तह काठमाण्डौको मिन भवन क्याम्पसवाट भएको हो । यसै क्रममा उनलेले रुपन्देहीमा आफ्नै बुवाको प्रेरणाबाट फुटवेयर सम्वन्धि व्यवसाय सञ्चालन गर्नु भएका भट्टराईले विभिन्न व्यवसायमा हात हालेपनि हाल उनले होजेरी, किला काँटी, फेन्सी र फुटवेयर सम्वन्धी ब्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले उक्त व्यवशाय सुरु गर्दा सुरुमा जम्मा तीन लाख पचास हजारबाट सुरुगर्नु भएको थियो । उनी अहिले एक सफल युवा व्यवसायिको रुपमा आफ्नो व्यवसाय गरिरहनु भएको छ । उहाँले आफ्नो व्यवसाय मार्फत ३० जनालाई रोजगारी पनि दिइरहनु भएको छ ।
उद्योगबाट उत्पादित बस्तुहरु देश तथा बिदेशमा निर्यात गर्दै आउनु भएको छ भने स्वदेशमा कच्चा पदार्थ नपाइने र सम्पुर्ण कच्चा पदार्थ विदेशबाट आयात गर्नु पर्ने भएकोले स्वदेशी उत्पादनले बिदेशी उत्पादनसँग प्रतिस्पर्दा गर्नु ठुलै चुनौती खेप्नु पर्ने उहाँ वताउनु हुन्छ ।
समय सापेक्षित ज्यला दिएर रोजगारी सिर्जना गर्दै व्यवशायिकरणलाई अगाडि वढाउन अत्याधिक पुँजीको आवस्यकता पर्ने भएकाले त्यसका लागि सस्तो व्याजदरमा ऋण पाए राम्रो हुने उहाँको धारणा छ । स्वदेश तथा विदेशका मुख्य सहर र व्यापारिक केन्द्रहरुमा माग वमोजिम उत्पादित समानहरु नियमित पठाउन सकिएमा होजेरी व्यवसायबाट राम्रो मुनाफा गर्न सकिने उहाँको तर्क छ ।