पेट्रोल लुकाएर उपभोक्तालाई लाईनमा बस्न बाध्य पार्ने पम्प सञ्चालकमाथि कार्बाही शुरु, मैतीदेवी पम्पलाई दुई लाख जरिवाना

पेट्रोल लुकाएर उपभोक्तालाई लाईनमा बस्न बाध्य पार्ने पम्प सञ्चालकमाथि कार्बाही शुरु, मैतीदेवी पम्पलाई दुई लाख जरिवाना

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ चैत्र ५ । सरकारले पेट्रोल लुकाएर उपभोक्तालाई हैरान पार्ने र लाईन बस्न बाध्य पार्ने पेट्रोलपम्पहरुमाथि कार्बाही शुरु गरेको छ । यसै क्रममा आज मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाईए पछि पम्प कार्बाहीमा परेको हो ।
धेरै पेट्रोल पम्पले छैन भन्ने टाँगेर तेल लुकाए पछि वाणिज्य विभाग र निगमले कार्बाही थालेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले तेल जति चाहिए पनि निगमले उपलव्ध गराईरहेको बताएका छन् ।

सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ ।

आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘निगमले आपूर्तिको मात्रा पर्याप्त बढाएको छ ।

यस्तो अवस्थामा उपभोक्तालाई भयावित गराई फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेताको स‍लग्न पाएमा कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ