पम्पमा हैन, उपभोक्ताको मस्तिष्कमा छ पेट्रोल अभाव ! उपत्यकामा आज मात्रै दोब्बर पेट्रोल बिक्री(फाेटाेसहित)

पम्पमा हैन, उपभोक्ताको मस्तिष्कमा छ पेट्रोल अभाव ! उपत्यकामा आज मात्रै दोब्बर पेट्रोल बिक्री(फाेटाेसहित)

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमाडाैं, चैत्र ४ ।
यति बेला कोरोना आउने त्रासले उपभोक्ताहरु खाद्यन्न, ग्यास, पेट्रोल लगायतका उपभोग्य सामाग्री जोहो गर्न ब्यस्त देखिन्छन् । अहिले राजधानीका सबै जसो पेट्रोल पम्पमा उपभोक्ताको लाईन हेर्दा कुनै संकट नै आईलागेको जस्तो भान हुन्छ ।
ग्यासमा हेर्यो उस्तै लाईन । आखिर के रातारात गाडी चढ्ने मान्छेको संख्या वृद्धि भएको हो त ? त्यो पनि हैन, अनि नेपाल आयल निगमले तेल र ग्यास आपुर्तिमा कमी ल्याएको पनि हैन, नाकाबन्दी भएको या पेट्रोलियम पदार्थको आयातमा कमि हुने कुनै संकेत पनि देखिदैन ।
अनि किन यत्रो उपभोक्ताको लाईन त ? दिउसोँदेखि राति सम्म यसरी पम्पै पिच्छे देखिएको लाईन हेर्दा कोरोना आईहाल्यो भने घरैमा बस्नु पर्छ भोलि पाईदैन , के हो, के हो भन्ने मानसिकताले उपभोक्ता पम्प र डिलरमा लाम लागेको अनुमान गर्न सकिन्छ । तर उपभोक्ता कै डर हो त ? या कालोबजारी गर्नेहरुको सक्रियताले उपभोक्तालाई तर्साउन खोजेरहेका छन् ? तेल अभाव भएको हल्ला फैलाउने र पम्पहरुमा उपभोक्ताको लाईन लाग्ने, अर्को बाटोबाट जर्किन, बोतल र ड्रमहरुमा तेल जम्मा गरेर राख्ने । यो पछि महङगोमा बेच्न कालोबजारी गर्नेहरुको पर्दापछाडिको व्यापारिक खेलको गन्ध पाउन सकिन्छ ।

सरकारी कर्मचारीहरु अनुगमनमा पनि हिडिँरहेका छन् । तेल जति चाहियो त्यति नै पम्पहरुले दिईरहेको पनि निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले साविक समयमा उपत्यकामा ६ लाख लिटर दैनिक बिक्री हुनेमा आज मात्रै १२ लाख लिटर पेट्रोल र १६ लाख लिटर डिजेल बिक्री भएको बताए । काठमाण्डौंमा दोब्बर भन्दा बढी माग भए पछि नेपालगञ्जबाट समेत ट्याङंकर मगाईएको उनले बताए ।

बिराटनगरमा आजै मात्र १७ लाख लिटर बिक्री भईसकेको बताईएको छ । त्यसो भए जर्किन नै बोकेर लाईनमा लाग्नु भनेको हाम्रो मानसिकतामै अभाव सृजना भएको त हैन ?
आयल निगमले नियमित आपुर्तिमा कुनै समस्या नरहेको र अनावस्यक रुपमा घरमा पेट्रोल ग्यास थुपार्ने चिन्ता नलिन आग्रह गरे । मिर्मिरे अनलाईका प्रतिनिधिहरु राजधानीका बिभिन्न पेट्रोलपम्पमा पुग्दा आठ बजे राति पनि मोटरसाईकल र गाडिको लाइन लामै भेटियो । अर्को तर्फ जर्किन र ड्रममा भरेर तेल लगिरहेका थिए । पम्पले उपभोक्ताको माग अनुसार नै सवारी नल्याए पनि तेल बाडिरहेको थियो ।
निगमले जति नै उपभोक्तालाई तेल अभाव हुँदैन भनेर माग अनुरुप आयात र वितरण गरिरहेको भएपनि उज्यालो नहुँदादेखि रातीसम्म पम्पहरुमा लाईन लाग्नुको पछाडी के छ ? सानु गौचरन पेट्रोलपम्पमा राति पौने आठ बजे तेलकोलाईनमा बसेका हरि श्रेष्ठले भने, खै तल जति पनि पाईरहेको छ तर यो किन यत्रो लाईन भो ? अचम्म लागिरहेको छ ।
नयाँ बानेश्वरमा आज दिउँसो पम्पमा लाइन लागेका ट्याक्सी चालक प्रकाश राईले भने, यात्रु बोक्नुपर्नेबेला लाईनमा बस्या छु ।, तेल पाएकै छ तर आज एकैपटक किन यतिका धेरै भिड भयो ।


अन्तराष्ट्रिय बजारमा आएको गिरावटसगैँ पेट्रोलियम पदार्थको मूल्य पनि घटेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा घटेपछि भारतले समेत आन्तरिक बजारमा मूल्य घटायो । इन्डियन आयल कार्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पनि सोमबार पेट्रोलमा ७.७२ र डिजेलमा ७.३५ रुपैयाँ प्रतिलिटर घटाएरै पठाएको छ । यसअघि आइओसीले पेट्रोल ५२.४९ रुपैयाँ र डिजेल ५७.०७ रुपैयाँ प्रतिलिटरका दरले पठाउँदै आएकोमा सोमबार पेट्रोल ४४.७६ र डिजेल ४९.७२ प्रतिलिटरका दरले पठाएको छ ।
लगत्तै सोमवार नै मूल्य समायोजन गर्दै नेपाल आयल निगमले पनि नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा जम्मा दुई–दुई रुपैयाँ घटायो । मूल्य घटेकै भोलीपल्ट दोम्बर मात्रामा तेल बिक्रि भयो । यसले पेट्रोल र डिजेलमा मूल्य घट्दा उपभोक्तालाई भन्दा बढी कालोबजारी गर्नेहरुलाई त फाईदा पुगिरहेको छैन ? भन्ने आशंका उब्जिएको छ ।
कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले यसपटक अन्तर्रा्ष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटायो । यसलाई हेदा यदि आयल निगमले अन्तराष्ट्यि बजार अनुसार नेपालमा पनि तेलको मुल्य घटे घन्टौ लाइन बसेर आवश्यक्ता भन्दा बढी तेल थुपार्नेहरुलाई घाटा हुने निश्चित छ ।
नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ ।


यसर्थ, पेट्रोल भण्डारण घरमा गरेर जोखिम लिनु हामी उपभोक्ताका लागि थप घाटा हुन सक्छ । सचेत हौं । उपभोक्ताको यो प्रवृति हेर्दा निगमले मुल्य घटाउदा कतै उपभोक्तालाई भन्दा कालाबजारीयालाई फाईदा हुने त हैन ?

हेर्नुहाेस् तस्बिरहरू

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ