एजेन्सी चैत्र ४ गते । अमेरीकामा कोरोनाले यतिबेला आक्रान्त बनाएको छ । दर्जनौ मानिसको ज्यान गईसकेको छ भने हजार बढी विरामी भएका छन् । सडकहरुमा भीड गरेर नहिड्न भनिएको छ । फिल्महल, रेष्टुरेन्टहरु , मल र पसलहरु बन्द भईरहेका छन् । अत्यावस्यक सामाग्रीको जोहो गर्न मुस्किल भईरहेको छ ।
यस्तोमा अमेरीकी नागरिकहरुको दैनिकी जटिल मात्र बनिरहेको छैन । करीब आधा जनसंख्याको रोजगारी जोखिम तर्फ गएको एक अध्ययनले देखाएको छ ।
कम्तीमा ८ करोड मानिसको रोजगारी अति जोखिममा रहेको एक प्रतिवेदनले देखाएको छ ।
यी मध्य सबैको रोजगारी नगुमे पनि कामको अवधि घट्नु, रकम कमी हुनु र आवस्यक औषधोपचार र प्रवन्धकीय खर्चको अभाव हुने देखिए पछि मजदुरहरु चिन्तित बनिरहेका छन् ।
ड्यारियन डिक्सन नामक एक ट्रक चालकले एक साता अघि सम्म आफू ढुक्कले सुते पनि अहिले रातभर निन्द्रा लाग्न छाडेको बताए । उनले एउटा ट्रक चलाएर तीन जनालाई रोजगारी पनि दिएका थिए तर अहिले उनको ट्रक थन्किएको छ ।
डिक्सन जस्तै अरु धेरै अमेरीकीहरुले काम र दाम पाउने स्थिति कम हुने चिन्ताले सताउने गरेको बताएका छन् । खास गरी अमेरीकाको श्वास्थ्य उपचार निकै महंगो रहेका कारण र कोरोना तीव्र रुपमा फैलिरहेका कारण पनि नागरिकहरु चिन्तित बनिरहेका छन् ।
यसेबीच अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब १५ दिन जति पछि कोरोनाको फैलावटमा कमी आउन सक्ने भन्दै भीडभाड ननर्ग सर्वसाधारणलाई अपील गरेका छन् । आफूहरु अदृष्य शत्रुसगँ जुधिरहेको भन्दै उनले यसलाई पराजीत गर्ने बताएका छन् ।