जनवरीमा जब चीनमा कोरोना भाईरस नियन्त्रणका लागि अभूतपूर्व कदमको घोषणा गरियो त कतिपय जानकारहरुले यस्तो कदम लोकतान्त्रिक देशमा लागू गर्न कति कठिन होला । यो उपायले पुरै हुवेई प्रान्त र यहाँ रहने ५.६ करोड मानिसलाई क्वारेन्टाईन अर्थात घरबाट बाहिर निस्कन , हिडडुल गर्न , यातायात प्रतिवन्ध गरियो । यस रोगको उपचारका लागि केवल १० दिनमा ठूलो अस्पताल निर्माण गरियो । यस कदमले चीनमा कारोना काबुमा आएको देखियो । तर बाकी विश्वमा दुई हप्तामा कोरोना १३ गुणाले बढेर गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रस एडानमले कोरोना भाईरस विश्वको महामारीको रुपमा फैलिएको र देशहरुले तत्काल र आक्रामक कदम चाल्न आब्हान गरेका छन् । यस्तोमा प्रश्न उठ्छ कि लोकतान्त्रिक देशहरुले कोरोना विरुद्धको युद्धमा चीनबाट के सबक सिके ?
चीनः के सबै भन्दा खराब समय वितिसकेको हो ?
चीनीया राष्ट्रपति सि जÞिनपिंगले मार्च १० मा कोरोना पैदा भएको वुहान शहरको भ्रमण गरे । यसको सन्देश दियो कि देश राष्ट्रिय आपतकालको सबै भन्दा खराब यात्राबाट उत्रन सफल भएको छ । आधीकारीक तथ्यांक अनुसार कोरोनाको चपेटामा आउने मानिसको संख्या हरेक दिन घटिरहेको छ र यो आकंडा समेटिएर अब केही दर्जनमा झरेको छ । न्यूयोर्कमा रहेको काउन्सील अफ् फोेरेन सिलेसन्समा ग्लोबल हेल्थका सिनियर फेलो यानजोंग खुवानले विविसीलाई भने कि चीनले उठाएको कदम बाँकी दुनियामा लागु गर्न निकै कठिन छ । उनले भने चाहे लोकतान्त्रिक होस् या गैर लोकतान्त्रिक कुनै पनि देश यस्तो छैन जसले समाजमा यति प्रभावकारी र समग्र रुपमा धक्का दिन सकोस् । यो कुनै पनि दृष्टिकोणबाट राम्रो चीज हैन । यो निरासाजनक कुरा हो , भलै कतिपय लोकतान्त्रिक देशहरु चीनीया तरीका लागू गर्न खोजिरहेका छन् तर उनीहरुसगँ त्यस्तो शक्ति र अधिकार देखिदैन ।
घरमै रहने सल्लाह
यद्यपि, ईटालीको मिलान स्थित विटा स्यालुट सैन रफाएलेमा माईक्रोबायोलोजी तथा भायरोलोजीका प्रोफेसर डाक्टर रोबर्टो बुरियानी भन्छन् भाईरससगँ लड्न तानाशाह हुन जरुरी छैन । जब कि ईटालीमा अहिले सम्म सबै भन्दा कडा प्रतिवन्ध लागू गरिएको छ जसबाट करीब ६ करोड मानिस घरैमा बस्न बाध्य छन् । देशमा खाद्यान्न र फर्मेसी बाहेक हरेक पसलहरु बन्द छन् । एकै ठाँउमा मानिसहरु भेला हुन प्रतिवन्ध गरिएको छ । मानिसलाई आफ्नै घरमा बस्न सल्लाह दिई राखिएको छ । यात्रा गर्ने हरेक नागरिकले यात्रा गर्नुको कारण सहितको पत्र देखाउन अनिवार्य गरिएको छ स्कुल र विश्व विद्यालयहरु बन्द छन् ।
डा. रोबर्टोले ट्वीटरमा लेखेका छन् , “यस भाईरसले अगांलो मार्न , चुम्वन गर्ने, साथीहरुसगँ डिनर खाने, कन्सर्ट, साझँ थिएटर या अन्त जान सबै खोसेको छ । यस युद्धमा जीतेको दिन निकै सुन्दर हुने छ । यो सबै रफतारको कुरा हो । ”
चीनबाट पाठ
विश्व स्वास्थ्य संगठनका सल्लाहकार डा. अलवार्डले भने कि देशहरुले यस भाईरसगँ जुध्ने तरीका यस कुरामा टिकेको छैन कि त्यो लोकतान्त्रिक होस् या तानाशाही । अल ने कहा कि देशों के इस वायरस से निपटने के तरीके इस बात पर नहीं टिके हैं कि वो एक लोकतांत्रिक देश हैं या तानाशाही । अलवार्डले हुवेईको फ्याक्ट फाईन्डिगं टिमको नेतृत्व गरेका थिए । .उनले भनेका छन् कि वास्तविकता के हो भने यो विश्वले चीनको अनुभवबाट असल पाठ अहिले सम्म सिक्न सकेको छैन । चीनबाट हामीले यो सिक्यौ कि उनीहरु रफ्तारमा चलेर टिकेका थिए । अति तेज रफ्तारबाट समस्याको पहिचान गरी त्यसलाई अलगथलग गर्ने,उनका नजिकको सम्पर्कहरु पत्ता लगाएर त्यसलाई पनि अलग थलग पारेर भाईरस काबुमा पार्न सकिन्छ । उनले चीनका सन्दर्भमा देखेको अनुभव बताए । मानिसहरुलाई सम्झाईयो कि हामी कुन किसिमको बिरामीसगँ जुधिरहेका छौं । यो कति गंभीर छ । यसरी जनताले सरकारसगँ मिलेर हरेक अभियानहरु प्रभावकारी बन्न सक्यो चीनमा ।
भाईरस प्रसार रोक्ने कसरी ?
डाक्टर अलवार्डले यस कोरोनाको खतराबाट मुक्त हुन चीनको आम मानिसले मिलेर स्वेच्छिक रुपमा गरेको प्रयास निकै प्रभावकारी रहेको बताए । उनले देखे कि चीनमा सरकारसगँ हैन जनता भाईरससगँ डराउछन् । यसै कारण जनता र सरकार एकसाथ मिलेर काम गरे । सरकारले केवल दिशा देखायो जनताले काम गरे , यो मिलिजिुली गरिएको प्रभावकारी काम थियो ।
दक्षिण कोरीयामा लक डाउन नगरी भाईरसलाई सफलतापूर्वक नियन्त्रण गर्ने प्रयास भएको छ । चीन, ईटाली, ईरान पछि दक्षिण कोरीया सबै भन्दा प्रभावित छ । कोरीयाले हजारौ मान्छेलाई सडकमै र कारमै उनीहरुको कोरोना परीक्षण गरीरहेको छ । यसको लागि मोबाईल फोन र स्याटेलाईट टेक्नोलोजीको प्रयोग भईरहेको छ । कोरीयाली राष्ट्रपति मुज जे ईनले यस भाईरस विरुद्ध एउटा युद्धको घोषणा गरेका थिए ।
दक्षिण कोरियाको जनसंख्या करीब ५ करोड छ । यो भन्दा केही बढी ईटालीमा छ । तर कोरीयामा ३० हजार भन्दा कम मानिसलाई क्वारेन्टाईनमा राखिएको छ । साथै कोरोना दिनहुँ त्याहा घटीरहेको छ । १३ मार्चमा कोरीयामा केवल १ सय १० नयाँ बिरामी थपिए । भाईरस संक्रमितहरुले अस्पतालबाट डिस्चार्ज लिईरहेका छन् उसले नियन्त्रण गर्दै गएको देखिन्छ कोरोना । प्रोफेसर ख्वांगले सरकारले अपनाएको उपाय केवल भाईरसबाट मुक्ति मात्रै नभएर देशको अर्थव्यवस्था बचाउन पनि कोशिस गरीरहेको छ । उनले भने दक्षिण कोरीया कोरोना रोक्न आक्रामक कोशिसका साथ समाज र अर्थव्यवस्थामा हुने घाटालाई सन्तुलन गर्न पनि निकै सतर्क छ । उनले चीनले उठाएको केही कडा तरीकाहरुले समस्या पैदा भईरहेको छ तर्क गरे ।
अन्य देश के गरीरहेका छन् ?
हरेक ठाँउमा चीनको जस्तो मोडल अपनाउन सकिदैन । यो कुनै गोल्ड स्ट्यान्डर्ड मानक हैन । ख्वागंले भने । बाँकी देशको कुरा गर्ने हो भने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ युरोपेली देशको यात्रामा प्रतिवन्ध लगाएका छन् । यसका बाबजुद पनि ट्रम्पको आलोचना भईरहेको छ कि देश भित्र केही गर्न सकेनन् भनेर । बरिष्ठ डेमोक्रयाट सांसदले कोरोनाको परीक्षण कमी हटाउन नसक्नु ट्रम्पको असफलता हो । सभामुख न्यान्सी पेलोसी र सिनेट माईना रिटी डिर चक शुमरले अमेरीकी नागरिकलाई सुरक्षित राख्ने सबै भन्दा उत्तम तरीका राष्ट्रपतिले कोरोना भाईरस फैलन नदिन यसका विरुद्ध युद्धमा आफै ध्यान दिउन् ।
मध्य पूर्व र एशिया
जर्ज टाउन विश्व विद्यालयका सार्वजनिक श्वासथ्य विशेषज्ञ लरेन्स गोष्टिनले भने अनुसार अमेरीकाको स्थिति पनि बाकीँ युरोपकै जस्तो रहेको बताए । भाईरसका लागि सिमाले कुनै मान्यता राख्दैन । उनले ईरानले उत्तरी प्रान्त कोमलाई पुरै अलगत गर्ने ईरानी कदमको पनि आलोचना गरेका छन् । कोम ईरानको भाईरस संक्रमणको केन्द्र हो । चेक पोईन्ट बनाएर त्याहाँका मानिसहरुलाई अन्त नजान भनिएको छ । साउदीले कैयौ प्रान्त बन्द गरेको छ । कातिफमा कोरोनाको साउदीमै सबै भन्दा धेरै संक्रमण देखिएको छ ।
जापानले अप्रील सम्मका लागि स्कुलहरु बन्द राखेको छ । यसै गरी मध्यपूर्व र एशियामा बन्द गरिएको छ । युनेस्कोका अनुसार २९ देशमा स्कुल बन्द भएका कारण ३३ करोड बढी बालबालिकाहरु पढ्नबाट बञ्चित छन् । यस बाहेक ५ करोड विस्व विद्यालयका विद्यार्थीहरु पढाईबाट बञ्चित छन् ।
यद्यपि, अन्य युरोपेली देशहरु ईटालीले जस्तै सख्त नीति लागू गर्न सतर्क बनिरहेका छन् । ब्रिटेनले भने ईटालीको यात्रा गरेका नागरिकलाई १४ दिने क्वारेन्टाईनमा राख्न शुरु गरेको छ । त्याहाँको सरकारले एक दोस्रोबाट अलग रहने सम्बन्धि कानुन बनाएको छ । तर स्कुल बन्द गर्ने सम्बन्धि फैसला परिपक्व नभएको उनीहरुले बताए । बेलायतका डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी हैरीसले सार्वजनिक ठाँउमा मान्छेहरु भेला हुनलाई रोकेर प्रभावकारी हुन्थ्यो भने सरकारले कहिले चालिसकेको हुन्थ्यो । हाम्रो मोडलमा यो फिट भएको छैन हामी निकै सतर्कताका साथ विज्ञानमाथि टिकेका छौं । ब्रिटेन सरकारको अनुमान अनुसार कोरोनाको प्रतिशत बढ्ने छ । तर यसलाई सामना गर्न देश तयार छ उनले भनिन् । उनले ब्रिटिश र ईटालीबीच श्वास्थ्य तन्त्रमा फरक रहेको उनको सन्देश थियो । डब्लुएचओका प्रमुख डा. टेड्रसले यो बिरामीको कन्ट्रोल गर्न सकिन्छ । यसलाई देशहरुले आफ्नो व्यवस्था र आवस्यकताका हिशाबले कदम चालिरहेका छन् ।
पाव्लो उचोवा ,बिबिसीबाट