अप्रील ११, सन् १९५५ को दिन चीनीया कम्युनिष्ट पार्टी र सरकार एउटा ठूलो विध्वंश र विनाशबाट जोगियो । चीनमा ६ बर्ष अघि मात्रै सन् १९४९ मा माओको नेतृत्वमा कम्युनिष्ट पार्टीले नयाँ जनगणतन्त्र स्थापना गरेको थियो । त्यसबाट विस्थापित भएर ताईवान जल डमरुमा बसेका च्याङ काई सेक कम्युनिष्टहरुलाई ढाल्न चाहन्थे । अमेरीका सहित अरु साम्राज्यवादीहरुले चीनलाई सयुक्त राष्ट्रसंघको सदस्यता समेत दिन मानेका थिएनन् । चीन एक्लो थियो एक हिशाबले ।
दोस्रो युद्ध पछिको पृष्टभूमिमा एशिया र अफ्रीकाका भर्खरै उपनिवेशबाट मुक्त भएका २५ देशहरुको सम्मेलन अप्रील १८ देखि २४ सम्म ईन्डोनेशियाको वाङडुङमा आयोजना गरिएको थियो । जसमा चीनलाई पनि आमन्त्रण गरिएको थियो ।
यही सम्मेलनमा जान चीन सरकारले दर्ता नं भीटिडिआईपी रहेको एउटा एयर ईन्डियाको सुपर कन्सटलेसन जहाज, ‘ कास्मीर प्रिन्सेस चार्टर गरेको थियो । यही विमानमा चीनीया प्रधानमन्त्री चाउ एनलाई र ‘अन्य चीनीया प्रतिनिधिमण्डलले यात्रा गर्ने तय भएको थियो । अप्रील ११ मा ।
अप्रील ११ मै बैंककबाट यो जहाज दिउसो हङकङको काईटाक विमानस्थलमा ओर्लियो । कप्तान दातरले यस उडानको नेतृत्व गरेका थिए । त्यो विमान चाउएनलाईको टिमलाई लिन गएको थियो । विमान सफा गरेर ईन्धन भरे पछि सहपाईलट गडबोले चीनीया प्रधानमन्त्री चाउएनलाईलाई देख्न पाउदाँ आफूलाई भाग्यमानी ठानेको बताएका थिए । यो विमान चीनमा उडदैछ भन्ने कुनै सुचित गरिएको थिएन । हङकङमा त्यस बेला ताईवान ( फर्मोसा )का निकै एजेन्टहरु सक्रिय थिए ।
चीनीया प्रधानमन्त्रीले यसै विमानबाट उड्दैछन् भनेर पहिले नै हङकङमा हल्ला व्याप्त भएको बखत यो दुर्घटना हुदाँ चाउएनलाईको हत्याको षड्यन्त्र थियो भन्ने बुझिन्छ । यस विमानमा उड्नु अघि चाउ एनलाईलाई पेट दुख्यो । उनलाई एपेन्डीसाईट भएको र अप्रेसनका लागि राजधानी पेकिगंमै बस्नु पर्ने भएकाले भनेर केही चीनीया पत्रकार र प्रतिनिधि मात्र त्यस विमानमा चढाईयो ।
शुरुमा बम राख्न नमाने पनि उनलाई ६ लाख डलर पुरस्कारको आस्वासन पछि उनी बम राख्न तयार भएको चीनीया गुप्तचर निकायले अनुसन्धानबाट फेला पार्यो । वु नामक केएमटीका जासुसले पैसा र बम राख्ने तालिम पनि दिएका थिए ।
यो विमान ईन्डोनेशियाको नतिना टापुछेउ चीन ईन्डोनेशिया समुन्द्रबाट एक सय माईल नजिक समुन्द्रमा १८ हजार फिटको उचाईमा उडिरहेका बेला विष्फोट भए पछि खस्यो । सात घण्टा तीस मिनट उडान तय गरेको कास्मीर प्रिन्सेसले ५ घण्टा पछि ठूलो विष्फोट भयो र विमानमा आगो लाग्यो र समुन्द्रमा खस्यो । जसमा पाईलट, चीनीयाहरु गरी ११ जनाको मृत्यु भयो । यसबाट तीन जना जीवित रहन सफल भए पाठक, कार्निक र दीक्षित ।
एयरक्रयाफ्ट मेक्यानिकल ईन्जिनियर कार्निक समुन्द्रमा ९ घण्टा पौडेर बाचेँका थिए । उनलाई ईन्डोनेशियाका एउटा माझीले बचाएका थिए । उनलाई सिंहापुर लगेर उपचार गरियो । चीनले पछि उनलाई ५० हजार भारतीय रुपैया सम्मान स्वरुप दियो तर भारत सरकारले महिनाको ४० रुपैया दिने भनेको पनि दिएन । उनी दुखी भए ।
के चाउ एनलाई थाहा पाएरै चढेका थिएनन् विमानमा ?
प्रधानमन्त्री चाउ एनलाई पछि मात्र अर्को भारतीय विमानबाट ईन्डोनेशिया गए र त्यो विभत्स मृत्युबाट बचे । त्यो दुर्घटना पछि चीनले बेलायतसगँको कुटनीतिक सम्बन्ध बिच्छेद गर्यो । किनकि हङकङ बेलायतको अधीनमा थियो । बेलायती प्रधानमन्त्री सर एन्थनी एडेनले यो दुर्घटनाको जाँच गर्ने र कडा कार्बाही गर्ने प्रतिवद्धता जनाए पनि चीन सन्तुष्ट थिएन ।
यो विमान दुर्घटनाको जाँच गर्न भारतले खटाएका रअका संस्थापक अधिकार आर एन काओ थिए । उनले चाउएनलाई भेटेर विमानको चित्र बनाउन खोज्दा मसि चुहिएर औलामा लाग्यो । त्यस पछि चाउएनलाई कोठाबाट बाहिर निस्किएर एक जना परिचारक लाई सफा किस्तीमा भिजाएको टावल दिएर काओको हातको मसी पुछ्न मद्धत पुर्याए । उनले विमान दुर्घटनाको विवरण चाउएनलाई लाई दिए ।
त्यस पछि चीनले त्यो विमानमा ताईवानको जासुसी संस्था केएमटी गुप्तचरहरुले आफ्ना एजेन्टहरुमार्फत टाईमबम राखेको भनेर बतायो । तर हङकङले यसको वास्ता गरेन । चीनको परराष्ट्र विभागले चीनीया प्रतिनिधिहरुको सुरक्षाबारे विमान उड्नु अघिल्लो दिन नै पत्र लेखेर डररहेको सूचित गरेको थियो । चीन सरकारले विमानमा टाईम बम राख्ने चाउ टाङमिङ रहेको दाबी गर्यो । चाउ हङकङका एयरक्रयाफ्ट ईन्जिनियर थिए । उनले नै त्यो विमान जाँचको नेतृत्व गरेका थिए । चीनीया अधिकारीहरु यसै विमानमा जादैछन् भन्ने थाहा पाए पछि केएमटीले त्यस्तो कदम चालेको थियो । चाउसगँ केएमटीले पटक पटक कम्युनिष्ट विमान ध्वस्त पार्ने र त्यस वापत उनलाई पर्याप्त पुरस्कार र ताईवानमा सुरक्षा दिने आस्वासन दिए पछि उनले सो काम गरेको देखियो ।
सिआईएले आकाशमा चाउएनलाई मर्नबाट जोगिए पछि फेरी सम्मेलनको अन्तिम भोजमा भातको प्लेटमा बिष हाल्ने र यसको असर ४८ घण्टा पछि मात्रै असर देखा पर्ने गरी षड्यन्त्र गरेको थियो । सो बिष खाएर ,पनि चाउ एनलाई चीन फर्कन पाँउथे ।
शुरुमा बम राख्न नमाने पनि उनलाई ६ लाख डलर पुरस्कारको आस्वासन पछि उनी बम राख्न तयार भएको चीनीया गुप्तचर निकायले अनुसन्धानबाट फेला पार्यो । वु नामक केएमटीका जासुसले पैसा र बम राख्ने तालिम पनि दिएका थिए । तिनै चाउले वोगं नाम गरेका अर्का मानिस मार्फत विमानको पखेटाको तेल टेंकी नजिकै बम राखेका थिए । दुर्घटनाको दुई दिन पछि चाउले हङकङको डलर २ सय मात्र दिए वोगंलाई । अरु पछि पर्खन भने । त्यस पछि रक्सी पिएर मातेका बेला चाउले विमान ध्वस्त पार्नुमा आफ्नो हात रहेको स्वीकारे । सबै पुष्टी भए पछि एउटा अमेरीकी जहाजमा लुकेर चाउ भागे । त्यस पछि ताईवानमा झर्ने वित्तिकै उनलाई जासुसहरुले गायब पारे । जसको स्थिति अझै सार्वजनिक भएको छैन । उनले अप्रील ३० मा हेरोईन र रक्सीले मातोको सुरमा अब गरीबीको दिन सकिएको बताउदै विध्वश आफूले गराएको बताएका थिए । तर चाउ एनलाई नमारिएकाले शुरुमा कबोल गरे जति अर्थात ६ लाख डलर नै पुरस्कारचाहीँ नदिने र पैसाको लेनदेन पनि ताईवानमै गर्दा सुरक्षित हुन्छ भने पछि उनी मे १८ मा त्यता गएर गायव भएको बताईन्छ । कोमित्ताङ प्रतिकृयावादीका नाईके भनेर चीनीया कम्युनिष्टहरुले भन्ने गरेका शासक च्यागं काई सेक जो भागेर ताईवान कब्जा गरेर बसेका थिए । उनकै छोरालाई केएमटी जासुसी संस्थामा रहेर हङकङमा काम गर्न खटाईएको थियो ।
चीनले यसबारे गोप्य दस्तावेजहरु सन् २००४ मा मात्रै सार्वजनिक गर्यो र भाग्यले गर्दा हाम्रा प्रधानमन्त्री कास्मीर प्रिन्सेसमा चढ्न पाएनन् र बाचेँ भनेर लेखिएको थियो । त्यसैले कतिपयले चीनको गुप्तचर निकायले विमानमा शंका लागेर नै चाउएनलाई नगएको पनि दावी गरेका छन् । जे भए पनि कम्युनिष्ट समाप्त पार्ने एउटा ठुलो प्राविधिक षड्यन्त्रबाट चीन र चाउएनलाई जोगिए । यो षड्यन्त्रमा अमेरीकी जासुसी संस्था सिआईए पनि संलग्न थियो भनिएको छ । यसको पूर्व सूचना चीनले अप्रील ९ सम्म पाएको बताईन्छ । यसको अनुसन्धानमा भारतले ढिलासुस्ती गरेको भनेर पछि चाउएनलाईले भारतीय प्रधानमन्त्री जबाहरलाल नेहरुलाई गुनासो पनि गरेका थिए । मुख्य अपराधी ठानिएको चाउलाई कार्बाही हुन सकेन । चीनले यसमा निकै चासो दियो ।
चाउएनलाईलाई भातमा बिष हालेर मार्ने अर्को अमेरीकी षड्यन्त्र पनि असफल
यो दुर्घटना लगत्तै चीनीया सञ्चारमाध्यमहरुले यो दुर्घटनामा ताईवानी केएमटी र सिआईएको हात रहेको दावी गरे । सिआईएको संलग्नता किन पुष्टी हुन्छ भने वागंडुगं सम्मेलन पछि चीनले आफूलाई विश्व शक्तिको नेतृत्वकर्ताको रुपमा प्रस्तुत गर्न सक्छ भन्ने विस्वास सिआईएले गरेको थियो । त्यही भएर पत्रकारको रुपमा उसले आफ्ना एजेन्टहरुलाई सम्मेलनताका ईन्डोनेशिया पठायो । ११ बर्ष पछि अर्थात १९६६ मा सिआईएका बारेमा अध्ययन गरीरहेको अमेरीकी सिनेटले एउटा बयान सुन्यो , जसमा कुनै एशियाली सम्मेलनमा भाग लिने पूर्वी एशियाली नेताको हत्या गर्ने षड्यन्त्रको धमिलो विवरण प्रस्तुत गरेको थियो । सो नेताको पहिचान अर्को ११ बर्ष सम्म लुकाईयो । सन् १९७७ मा एशियामा काम गरेका अमेरीकी मेरिन कप्र्स गुप्तचर अधिकारी विलियम कोर्सनले ‘आर्मिज अफ् ईग्नोरेन्स’ प्रकाशित गरे यसमा त्यो मार्न खोजिएको नेता चाउ एनलाई भएको पुष्टी गरिएको छ । कोर्सनले सो समितिलाई सो कार्बाही ठप्प पार्ने मानिस लुसिएन ट्रस्कट भएको बताए ।
सिआईएले आकाशमा चाउएनलाई मर्नबाट जोगिए पछि फेरी सम्मेलनको अन्तिम भोजमा भातको प्लेटमा बिष हाल्ने र यसको असर ४८ घण्टा पछि मात्रै असर देखा पर्ने गरी षड्यन्त्र गरेको थियो । सो बिष खाएर ,पनि चाउ एनलाई चीन फर्कन पाँउथे । कोर्सनले सो पुस्तकमा लेखे अनुसार लुसिएन ट्रस्कटको तीव्र विरोध पछि सिआईए निर्देशक एलेन डुल्सले उक्त हत्या योजना रद्ध गरेका थिए ।
यसरी अमेरीकी र ताईवानले कम्युनिष्ट नेतृत्वलाई समाप्त पार्ने योजना सफल भएन । आजको बिशाल चीन यो अवस्थामा आउन सफल भईरहेको छ ।
-स्रोत सामाग्री आरके यादवको मिसन रअ सहितका पुस्तकहरु