जीवनबीमाको प्रिमियम अनलाइनबाट भुक्तानीगर्नलाई प्रोत्साहनगर्ने उदेश्यका साथइसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ ।
यस उपहार योजनामा कुनै पनि जीवनबीमाको प्रिमियम इसेवाबाट भुक्तानीगर्दा प्रतिकारोबार रू सय सम्मकमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । यस योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियमभुक्तानी गर्नेले प्रतिकारोबार रू ५०, ५० देखि ९९ वटासम्म प्रिमियमभुक्तानगर्ने व्यक्तिले प्रतिकारोबार रू ७५ तथा सय वटा भन्दामाथिकारोबार गर्नेले प्रतिकारोबार रू सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन् ।
यो योजनाएजेन्ट नेटवर्क तथाव्यक्तिगत एकाउन्ट दुबैमालागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्मलागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकमहरेक महिना गणना हुने र आगामीमहिनाको २ हप्ताभित्रग्राहकको इसेवाखातामाउपलब्ध गराइनेछ ।
पाँचमहिनाको अवधिमाकोहीपनिग्राहकले ५ सयवटा लाइफइन्स्योरेन्स्को भुक्तानीगर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँबराबरको मोबाईल समेत प्राप्तगर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियमभुक्तानीगर्नेको संख्या बढ्दै गएपछि यो योजना ल्याएको सो कम्पनीले जनाएको छ ।