एजेन्सी फागुण २७ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई अमेरीकामा कमन फ्लुसगँ तुलना गरे पछि श्वास्थ्य विज्ञहरु चिन्तित भएका छन् । ट्रम्पले ट्वीट गर्दै कमन फ्लुले गर्त बर्षमात्रैै अमेरीकामा ३७ हजार मान्छे मरेको, हरेक बर्ष २७ देखि ७० हजार मर्ने गरेको भन्दै अहिले कोरोनाले केवल ५ सय ४६ जना संक्रमित भएको र २२ जना मात्र मरेको भन्दै यसबारे सोच्न भनेका छन् । उनले खास गरी जीवन र अर्थतन्त्रलाई खुल्ला राख्नु पर्ने भन्दै त्यस्तो ट्वीट गरेका छन् ।

यसलाई विज्ञहरुले कोरोनालाई ट्याकल गर्ने अमेरीकी राष्ट्रपतिको गलत उपाय भनेका छन् ।
डा. लिना वेनले राष्ट्रपतिको यो बुझाई गलत रहेको टिप्पणी गरेकी छन् । उनले यो महामारी प्रारम्भिक रुपमा फैलिरहेको भन्दै यसले ठूलो रुप लिन सक्ने भएकाले अरु फ्लुसगँ तुलना गर्न नहुने बताएकी छन् ।
वेनले कोरोनाको भ्याक्सिन तयार हुन अझै एक बर्ष भन्दा बढी समय लाग्न सक्ने भन्दै उपचार र भ्याक्सिनको सुनिश्चित नभएको कोरोनासगँ फ्लुको तुलना हुन नसक्ने बताईन् । फ्लुले एक हजार बिरामीमा एक जनाको मृत्यु भएको थियो भने अहिले कोरोनाले एक हजारमा ३० जना सम्मको ज्यान लिएको देखिएको छ विश्वभरी आउने समयमा के होला ? उनले चेतावनी दिईन् ।