एजेन्सी फागुण २७ । नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिन सक्ने तर्फ जाने चिन्ता बढेको छ । चीन , ईटाली , दक्षिण कोरीया, ईरान, अमेरीका लगायत विश्वका एक सय बढी देशमा गरी यस भाईरसबाट मृत्यु हुनेको संख्या ३८ सय पुगेको छ ।
यसले क्यानडामा पहिलो पटक एक जनाको मृत्यु भएको छ भने भियतनाममा कोरोना प्रवेश गरेको छ । त्याहाँको सरकारले एक जनामा कोरोना देखिएको जनाएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाले विश्वलाई अन्धकारतर्फ धकेल्न खोजेको भन्दै यसलाई निवारण गरेरै छाड्ने बताए ।
कोरोनाले गर्दा ईटालीका करीब ६ करोड जनतालाई घरैमा बस्न भनिएको छ । अमेरीकी सासदहरुले घरैमा स्व क्वारेन्टाईनमा बस्ने भनेका छन् । अमेरीकामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ भने ५ सय ५० बढी संक्रमित छन् ।
ईटलीमा मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ ।
ईरानमा सयौंको मृत्यु भईसकेको छ सासद सहित भने ७० हजार कैदीलाई रिहा गरिएको छ ।
यसैबीच चीनमा भने कोरोना संक्रमित ८० हजार नागरिक मध्य ७० प्रतिशत निको भएको विश्व श्वास्थ्य संगठनले जनाएको छ । चीनमा मात्रै ३१ सय बढीको मृत्यु भएको छ ।पछिल्लो समय चीनमा कोरोना प्रभाव घट्दै गएको छ ।
कोरोनाका कारण विश्वभरमा स्कुलहरु बन्द हुदाँ ३० करोड बढी बालबालिका पढाईबाट बञ्चित भएका छन् । उद्योग र ब्यापार बन्द हुदाँ दशौ लाख मानिसको रोजीरोटी गुमेको छ । शेयर बजार खस्कदो छ । आर्थिक घाटा ठूलो मात्रामा भोग्नु परेको छ । आधा विश्वभर फैलिएको कोरोनाले समग्र क्षेत्रमा ठूलो असर पार्न सक्ने अनुमान गर्न थालिएको छ ।