छ महिनादेखि भोजपुर–विराटनगर उडान बन्द, बिरामी घण्टौ लगाएर कष्टर यात्रा गर्न बाध्य

छ महिनादेखि भोजपुर–विराटनगर उडान बन्द, बिरामी घण्टौ लगाएर कष्टर यात्रा गर्न बाध्य

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भोजपुर, २६ फागुन । विगत छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको छ । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् ।

एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो । उडान नहुँदा लेगुवा पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण लामो यात्रा गर्नुपरेको यात्रु सुनाउँछन् ।

स्थानीय मोहन आलेले भन्नुभयो, “बिना कारण लामो समयदेखि भोजपुर– विराटनगर उडान सेवा बन्द हुँदा हामीलाई सास्ती थपिएको छ, आपत्कालीन रुपमा बिरामी भएर विराटनगर जानुपरेमा अति समस्या छ, बस तथा एम्बुलेन्सको माध्यमबाट जाँदा कतिपयको बाटोमा नै ज्यान गएको अवस्था पनि छ, यसलाई जसरी पनि सञ्चालन गर्न आवश्यक छ ।”

आकस्मिक बिरामीलाई साना तथा ठूला सवारीसाधनबाट यात्रा गर्दा ढिलो हुने, बाटोमा समस्या हुनाले बिरामीलाई थप समस्या हुने गरेको छ । यसअघि हप्ताको आइतबार, मङ्गलबार र बिहीबार गरी चार पटक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले नियमित उडानको काम गरिरहेकाले माथिल्लो निकायसँग सञ्चालनको पहल भइरहेको छ ।” जिल्लाको एकमात्र विमानस्थलबाट भोजपुरदेखि विराटनगर हवाई उडानलाई निरन्तता दिन स्थानीय, प्रदेश सरकारसँगै सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ