छिट्टै मच्छिन्द्रनाथको पुनःनिर्माण अघि बढाइने, आउँदो शनिबार बुङ्मतीमा छलफल

छिट्टै मच्छिन्द्रनाथको पुनःनिर्माण अघि बढाइने, आउँदो शनिबार बुङ्मतीमा छलफल

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

ललितपुर, २६ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।

प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छाँै, पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गयौँ ।”

आउँदो शनिबार बुङ्मती गएर मन्दिर पुनःनिर्माण विषयक छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको महर्जनले बताउनुभयो । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन । मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार सङ्ग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्वक विभागका प्रतिनिधिलगायत ३२ पानेजु सङ्घ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिनुभयो ।

सो मन्दिर पुनःनिर्माणका लागि प्राधिकरणले सम्पूर्ण आर्थिक सहयोग गर्ने भएको छ । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनःनिर्माणको गति लिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा यो अन्योलमा परेको थियो ।

मन्दिर पुनःनिर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताउनुभयो । “मन्दिर पुनःनिर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन”, उहाँले भन्नुभयो । बङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा अब ठेक्कापट्टा हुने छैन ।

रातो मच्छिन्द्रनाथ पुनःनिर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताउनुभयो । “हामीले मन्दिर पुनःनिर्माणका लागि रु तीन करोड लाग्ने अनुमान गरिसकेका छाँै”, घिमिरेले भन्नुभयो । काम अघि बढाइएको एकदेखि डेढ वर्षभित्र पूरै समाप्त गर्ने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राका रूपमा मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी