ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छः मन्त्री फुयाँल

ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छः मन्त्री फुयाँल

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 28.4K
    SHARES

हेटौँडा, २६ फागुन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताउनुभएको छ ।

मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न त्यहाँ पुग्नुभएका मन्त्री फुयाँलले स्थानीयवासीसंगको छलफलमा भन्नुभयो, “हाम्रो उद्देश्य वस्तुवादी योजनासहित जनतालाई धनी तथा सुखी बनाउने र गाउँको विकास गरेर देशलाई समृद्ध बनाउने हो ।”

“प्रदेशको सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब यसलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ”, उहाँले भन्नुभभयो, “सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको यो क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षकस्थलका रुपमा विकास गर्ने योजना सरकारको छ ।”

प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले मनहरिबाट राक्सिराङ, कैलाश र धादिङ हुँदै नुवाकोट र रसुवासमेत जोड्न सके यस क्षेत्रका नागरिकलाई प्रदेशको राजधानी हेटाँैंडा आउन सजिलो हुने बताउनुभयो ।

मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उपे्रती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानलगायतले यस क्षेत्रको दिगो विकासतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ