लिभरपुलद्धारा बर्नमाउथ २–१ ले पराजित, तालिकामा लिभरपुललाई २५ अंकको अग्रता

लिभरपुलद्धारा बर्नमाउथ २–१ ले पराजित, तालिकामा लिभरपुललाई २५ अंकको अग्रता

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, २५फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नमाउथलाई २–१ ले हराएको छ । शनिवार राति भएको खेलमा लिभरपुलका लागि मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।

जीतसँगै लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । लिभरपूलले तालिकामा २५ अंकको अग्रता लिएको छ । अब लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न बाँकी रहेका ९ खेलमध्ये तिन वटा खेलमात्रै जिते पुग्छ ।

दप्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हरायो । आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट्ले निर्णायक गोल गरे । गएराती टोटनह्याम हट्सपरलाई भने बर्नलेले १–१ गोलको बराबरीमा रोकेको छ ।

इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई, शेफिल्ड युनाईटेडले नरिच सिटीलाई तथा न्युकासल युनाईटेडले साउथह्याम्प्टनलाई १–० ले हराएका छन् । वुल्भरह्याम्पटन वान्डरर्स र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ