चीनको क्वारेन्टाइन भवन भत्किएर फसेका ४७ को उद्धार

चीनको क्वारेन्टाइन भवन भत्किएर फसेका ४७ को उद्धार

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२५ फागुन, काठमाडौं ।
चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किएर फसेकाहरुकोउद्धार कार्य जारी छ। अहिले सम्म ४७ को उद्धार गरिएको छ ।

क्वारेन्टाइनका रूपमा विकास गरिएको होटल भत्किँदा झण्डै २२ मानिस त्यहाँ फसेका छन् । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो ।
भत्किएको होटलमा ७० जना फसेकोमा ४७ को उद्धार गरिएको चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएकोछ ।

फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ । फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ ।

सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन ।

हेबेई प्रान्तको वुहान उद्गम भएर फैलिएको कोरोना भाइरसबाट चीन सबैभन्दा प्रभावित छ ।

आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ ।

यद्यपि, संक्रमण दर र संक्रमितले स्वास्थ्यलाभ गर्ने दर भने पछिल्ला केही दिनयता बढेको चीनको दाबी छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ