हल्लाकै भरमा ग्यास थुपार्दा मजदुर र विद्यार्थी मर्कामा, चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं: पौडेल

हल्लाकै भरमा ग्यास थुपार्दा मजदुर र विद्यार्थी मर्कामा, चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं: पौडेल

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, २५ फागुन। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्।

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गर्न थालेका हुन्।
उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।

केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

‘निम्नवर्ग ग्यास नपाएर सास्ती व्यहोर्न बाध्य छन्। ग्यास पर्याप्त मात्रामा छ। नियमित रूपमा बढी परिमाणमा आयात भइरहेकाले थुपार्न आवश्यक छैन,’ पौडेलले भने, ‘चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं।’ पौडेलका अनुसार निगमले मार्चमा ४५ हजार टन हाराहारीमा ग्यास आयात गर्न ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगलाई उत्पादन प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ।

निगमको ग्यास विभागका निर्देशक दीपक बरालका अनुसार निगमले हालसम्मकै सबैभन्दा बढी पीडीओ (४५ हजार टन) मार्चमा जारी गरेको छ। बरालले भने, ‘यो माग अस्वाभाभिक रूपमा आएको छ। यति परिमाण कहिले खपत हुँदैनथ्यो। अत्यधिक खपत भए पनि ४० टनले पुग्थ्यो।’

अत्यधिक मागका कारण महिनाभरमा आयात हुने ४५ हजार टनमध्ये सात दिनमै १०५ प्रतिशतका दरले १३ हजार टन आयात भइसकेको छ। जब कि दैनिक खपत १ हजार पाँचका दरले सात दिनमा १० हजार ५ सय टन आयात हुनुपर्ने थियो।

उपत्यकाको बजारमा २७ वटा उद्योगका सिलिन्डर प्रयोग हुन्छन्। यसमा २० प्रतिशत हिस्सा नेपाल ग्यास कम्पनीको छ। नेपालमा ५८ वटा ग्यास उद्योगले खाना पकाउने ग्यास बजारीकरण गर्दै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी