राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण  स्थगित

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण  स्थगित

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण र उपमेयर कप महिला लिग फुटबल प्रतियोगिता स्थगन गरेको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन राष्ट्रिय फुटबल टोलीको तयारी र उपमेयर कप स्थगन गरिएको एन्फाले जनाएको हो । फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगन गरिएको हो ।

घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो । त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशिया छनोटमा नेपाल समूह बीमा रहेको छ । पाँच खेल खेलको नेपाल एक जितसहित तीन अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी उपमेयर कप महिला लिग फुटबल तोकिएको मितिभन्दा ढिला हुने एन्फाले जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रङ्गशालामा आगामी चैत ३ गतेदेखि शुरु हुने जनाएको थियो । त्यस्तै एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधिसमेत स्थगन गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ