आज नेपाल र सिंगापुर भिड्दै

आज नेपाल र सिंगापुर भिड्दै

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२३ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

सिंगापुर भने शीर्ष दुई स्थान पक्का गर्दै एसिया कप छनोटमा पुगिसकेको छ ।

अन्तिम खेलमा आज नेपाललाई हराउँदे सिंगापुर समुहका सबै खेलमा अपराजित रहन चाहन्छ ।

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ