फाल्गुन २२, काठमाण्डौं । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।
कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएको थियो ।
कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरले बताए ।
यस पटकक ईपिएलमा विदेशी खेलाडीहरु उल्लेख्य मात्रामा अनुबन्ध भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline