वितरण लाइन सुधारका लागि ललितपुरमा विद्युत कटौती

वितरण लाइन सुधारका लागि ललितपुरमा विद्युत कटौती

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म लाइन काटिने हुँदा उक्त फिडरअन्तर्गत फर्सिडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा विद्युत् काटिनेछन् । सो फिडरबाट वितरित लाइनमा बढी समस्या आएपछि प्राधिकरणले सुधारको काम अगाडि बढाएको हो । विद्युत् कटौतीका कारण ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले पछिल्ला दिनमा राजधानीमा वितरण प्रणालीको सुधारलाई तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ