चर्चित फुटबलर रोनाल्डिन्हो नक्कली राहदानीसहित पक्राउ

चर्चित फुटबलर रोनाल्डिन्हो नक्कली राहदानीसहित पक्राउ

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको पाराग्वेको गृहमन्त्रालयले जनाएको छ।

उनीहरु बसेको होटलमा बुधबार राति प्रहरीले छापा मारी पक्राउ गरेको हो । छापा मार्ने क्रममा रोनाल्डोनो र रोबर्टो दुवैबाट पाराग्वेको राहदानी बरामद गरेको मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आएका थिए । रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उनलाई वातावरणीय जरिवाना गरेसँगै उनको पासपोर्ट खोसिएको थियो ।

सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ