अब देखि फोन पेका सबै सुविधा कृषि बिकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने

अब देखि फोन पेका सबै सुविधा कृषि बिकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

फागुण २१ काठमाण्डौं । कृषि बिकास बैंकको मोबाईल बैंकिङ सेवाबाट भुक्तानी प्रणाली फोन पे का सम्पूर्ण सुविधा लिन सकिने भएको छ । कृषि बिकास बैंक र फोन पे सर्भिस लिमिटेडबीच सम्झौता भएसगैँ ग्राहकहरुका लागि उक्त सुविधा थपिएको हो । द्धिपक्षीय सम्झौतामा कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र र फोन पेका तर्फबाट विस्वास ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । हाल फोन पे को ९२ हजार मर्चेन्टहरु रहेका छन् ।
विद्युतीय कारोबारप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै नेपालको पुरानो र प्रमुख मध्यको एक मानिने कृषि बिकास बैंकले विद्युतीय भुक्तानी गर्दा निश्चित प्रतिशत छुट समेत पाउने व्यवस्था गरिएको बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख श्री बाशु अधिकारीले जानकारी दिए । यसले मोबाईल बैंकिङ्ग लाई थप प्रवद्र्धन गर्दै सरकारको डिजिटल नेपालको लक्ष्यमा समेत सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ