२०१९ की विश्व सुन्दरी टोनी नेपाल आउदै

२०१९ की विश्व सुन्दरी टोनी नेपाल आउदै

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

हेलम्बु । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकी छिन् ।

हिडन ट्रेजरको समन्वयमा नेपाल आउन लागेकी टोनी फागुन २३ गते हेलम्बु आउने छिन् ।

हेलम्बुमा उनी ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ पुग्ने कार्यक्रम तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।

सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् ।

त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न अनुष्काले सीपमुलक कार्यक्रमहरु गरिरहेकी छिन् ।

भोलि काठमाडौं आइपुग्ने ‘मिस वर्ल्ड’ टोनी फागुन २३ मा हेलम्बु पुगेर काठमाडौं फर्किेनेछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी