पर्यावरणीय अनुसंधान समूह सेंटर फर रिसर्च एनर्जी एंड क्लीन एयर (सीआरईए) र ग्रीनपीस साउथ ईस्ट एशियाले अनुसन्धान गरी तयार पारेको एक प्रतिवेदनका अनुसार धुवाँ निस्कने ईन्धनको प्रयोगले बायु प्रदुषण तीव्र भएको छ । यसै वायु प्रदुषणका कारण विश्वभर दैनिक करीब ८ अर्ब डलरको क्षति भईरहेको छ आर्थिक रुपमा पनि । यो समुहले तेल,ग्यास र कोईलाबाट हुने प्रदुषणको आकंलन अध्ययन गरेको छ ।
यसै प्रदुषणका कारण विश्वमा प्रतिवर्ष ४५ लाख मानिसको मृत्यु हुने गरेको छ । रिपोर्ट अनुसार चीनमा प्रतिवर्ष ९ सय अर्ब डलर, अमेरीकामा ६ सय अर्ब डलर र भारतमा एक सय ५० अर्ब डलर यसै वायु प्रदुषणका कारण हुने गरेको छ ।
विश्व श्वास्थ्य संगठन ( डब्लुएचओ ) का अनुसार ईन्धन जल्दा हुने वायु प्रदुषणका कारण बर्षेनी विश्वभर ४५ लाख मानिसहरु मरिरहेका छन् । जस मध्य चीनमा मात्रै १८ लाख र भारतमा १० लाख मानिसको वायु प्रदुषणले ज्यान लिईरहेको छ । अधिकाशं मृत्यु हृदय रोग,हृदयघात,फोक्सोको क्यान्सर र श्वास प्रस्वास सम्बन्धि संक्रमणको कारण हुने गरेको छ ।
अध्ययनले देखाएको छ कि भारतको राजधानी नयाँ दिल्लीमा रहनु र प्रदुषण सामना गर्नु भनेको दिनमा १० वटा चुरोटको धुवाँ ग्रहण गर्नु बराबर छ ।
करीब २० लाख बच्चाहरु समय पुग्नु अगावै जन्मिएका छन् । पीएम २.५ को स्थिति सबैभन्दा खतरनाक छ । यसका कारण प्रतिवर्ष दुई ट्रिलियन डलर घाटा हुन्छ । यसैका कारण प्रतिवर्ष ५ बर्ष भन्दा कम उमेरका ४० हजार बच्चाले ज्यान गुमाउने गर्दछन् । पीएम २.५ कण फोक्सोमा गहिरोसगँ प्रवेश गर्दछ र रक्तप्रणालीमा पुग्दछ । जसले श्वास र मुटु सम्बन्धि रोग उत्पन्न हुन्छ । वायु प्रदुषण क्यान्सरको पनि मुख्य कारकको रुपमा देखिएको छ । विकसित र विकाससील देशमा यसको प्रभाव उत्तिकै परेको देखिन्छ । जस्तै युरोपमा बर्षेनी यसका कारण ३ लाख ९८ हजार मानिसहरु मर्दछन् भने अमेरीकामा २ लाख ३० हजार , बंगलादेशमा ९६ हजार र ईन्डोनेशियामा ४४ हजार मानिसहरु वायु प्रदुषणका कारण उत्पन्न रोगले मर्दछन् । भारतमा अझै पनि ३६ प्रतिशत जनता माटोको चुल्होबाट र दाउराबाट खाना पकाउने गर्दछन् । यसबाट पनि ठूलो जोखिम रहेको अध्ययनले देखाएको छ ।
प्रदुषणको यो विकराल रुपले विस्तारै मानव अस्थित्वमाथि अतरा मडारीन थालेको छ । त्यसैले नवीकरणीय उर्जामा जोड नदिने हो भने विश्वले निकै ठूलो संकट अब ब्यहोर्ने छ । विश्वको सबै भन्दा खराब प्रदुषित ३० शहर मध्य २१ वटा भारतमा मात्रै छ ।
ें