एसीसी ईस्टर्न रिजन क्रिकेट: नेपालको पहिलो जीत, थाईल्याण्ड ९ विकेटले पराजीत

एसीसी ईस्टर्न रिजन क्रिकेट: नेपालको पहिलो जीत, थाईल्याण्ड ९ विकेटले पराजीत

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जीत हात पारेको छ । आज भएको खेलमा नेपालले आयोजक थाईल्याण्डलाई ९ विकेटले पाखा लगायो ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ रन बनाएर पूरा गरेको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै पवन सरार्फले ३६ रन बनाए भने पारस खड्काले ९ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

थाइल्यान्डका लागि हिनोन जोर्डानले १३ रन बनाए भने नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने एक–एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ