खप्तड गोल्डकपको चौथो संस्करणमा नयाँ च्याम्पीयन बन्नेः थ्री स्टार र सुदुरपश्चिमको दाबी

खप्तड गोल्डकपको चौथो संस्करणमा नयाँ च्याम्पीयन बन्नेः थ्री स्टार र सुदुरपश्चिमको दाबी

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

धनगढी, फागुन १९ ।  मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाईनल खेल मंगलवार हुँदैछ । फागुन ०९ गतेदेखि सुरु भएको गोल्डकपको चौथो संस्करण मंगलवार सकिन लागेको हो ।

धनगढी रंगशालामा हुने फाईनल खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । थ्रीस्टार लगातार दोस्रो पटक फाईनल पुगेको हो भने आयोजक सुदुरपश्चिम–११ पहिलो पटक फाईनल पुगेको हो ।

मंगलवार हुने फाईनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टीमले दाबी गरेका छन् । चौथो संस्करणसम्म आईपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ । दुवै टोली मंगलबार खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्य सहित मैदान उत्रने छन् ।
फाइनल अघि सोमबार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । सहिद स्मारक ’ए’ डिभिजन लिगमा चौंथो भएको थ्री स्टार औसत खेल र खेलाडीको बाबजुत घरेलु टिमलाई निराश बनाउने योजनामा छ । ‘फाइनल खेल फाइनलनै हुनेछ । दुवै टिमलाई उत्तिकै गाहे पनि । फाइनल खेल ५०–५० को हो । दुवै टिम युवा खेलाडीले भरिएको छ । जसले मौका बनायो । मेहनत ग¥यो उसैले जित्ने हो,’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भन्नुभयो– ’हामी हाम्रो तर्फबाट एकदमै मेहनत गर्नेछौं ।’ प्रतियोगिताको दुई खेल खेलेको थ्री स्टारले सत प्रतिशत जित निकालेको छ । दुई खेलमा ३ गोल गरेको उसले कुनै गोल खाएको छैन । झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टार सुदूरपश्चिम–११ लाई कमजोर आक्ने छैन । डिफेन्स लाईनमा बलियो रहेको थ्री स्टारलाई फाइनलमा आफ्नो अग्रपंक्तीले सताउने छ । उसले गोललाईन र डिफेन्समा राम्रो खेल देखाए पनि अट्याकमा भने चुकिरहेको छ । मुख्य फिनिसर नहुँदा फाईनलमा थ्री स्टारले यसैको सामना गर्नुपर्नेछ ।
यता, पहिलो पटक घरेलु दर्शक माझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम–११ थ्री स्टारलाई पराजित गर्दै अर्काे इतिहास बनाउने दाउमा रहनेछ । नयाँ इतिहास रच्न आयोजक टिमलाई १२ औं खेलाडीको रुपमा घरेलु समर्थकको राम्रो साथ रहनेछ । आयोजक सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारी घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्ने बताउनुुहुन्छ । ‘फाइनल खेल हामीलाई गाहे पर्छ । थ्री स्टार राम्रो टिम हो । हाम्रो खेलाडीमा अनुभव छ । मनोबल पनि उच्च छ । घरेलु दर्शको राम्रो साथ रहनेछ,’ प्रशिक्षक भण्डारीले भन्नुभयो–‘खेलमा जसले गोल ग¥यो त्यसैले जित्ने हो । हामी बल पोजिसन भन्दा पनि गोल गर्न खेल्छौं ।’ प्रतियोगितामा २ खेल खेलको आयोजक टिमले ६ गोल गर्दा ३ गोल खाएको छ । टिमका खेलाडीबीच तालमेल नमिल्दा सुदुरपश्चिमले गोल खादै आएको छ । जसलाई सुधार गरे आयोजक टिमले नयाँ इतिहास राख्ने पक्का छ । प्रतियोगितामा सर्वाधिक ४ गोल गरिसकेको आयोजकका विक्रम सिंह ठकुरी थ्री स्टार विरुद्ध मुख्य हतियार रहनेछन् । यस्तै सुदूरपश्चिम–११ क कप्तान गजेन्द्र शाही र थ्री स्टारका कप्तान विक्रम लामाले पहिलो पटक टिमले उपाधि जित्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजार पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

यस्तो छ सुदुरपश्चिम खप्तड गोल्डकपको ईतिहास

(क) पहिलो संस्करण २०७३
भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ मा ए डिभिजन क्लव मनाङ मस्याङ्दी च्याम्पीयन वनेको थियो । धनगढी रंगशालामा मनाङले काठमाण्डौको अर्को क्लव संकटालाई १–० ले किनारा लगाएर नगद ५ लाख सहित ट्रफी र प्रमाण हात पारेको थियो । उपविजेता बनेको संकटाले दुई लाख ५० हजार सहित सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७३ सालको गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका कप्तान अनिल गुरुङ भएका थिए । उत्कृष्ट खेलाडी वनेका उनले यमाहा मोटरसाईकल हात पारेका थिए । पहिलो संस्करणको गोल्डकपमा संकटाका गोरक्षक राजु नगरकोटी उत्कृष्ट गोरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुक स्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम–११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम–११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भएका थिए ।

(ख) दोस्रो संस्करण
धनगढीमा भएको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको थियो । उपाधिसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो भने एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७४ सालको प्रतियिोगितामा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै यमाहा मोटरसाइकल पाएका थिए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजिङ प्लेयर सुदुरपश्चिम–११ का गोलकिपर अमानत शेख भएका थिए । सर्वाधिक गोलकर्ता एपिएफका अन्जन विष्ट भएका थिए ।

(ख) तेस्रो संस्करण
नेपाल पुलिस क्लबले तेस्रो नेपाल आईस अन्तरााष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उपाधि जितेको थियो । फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले २१ लख नगद सहित ट्रफी पाएको थियो भने थ्रीस्टारले १० लाख सहित ट्रफी पाएको थियो ।
२०७५ सालको गोल्डकपमा पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट भएका थिए । उनल यामाहा मोटरसाईकल प्राप्त गरेका थिए । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट मिडफिल्डर थ्री स्टारक विक्रम लामा र उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा भएका थिए । । पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ