काठमाडौं फागुण १८ । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्नेछ ।
पहिलो खेलमा हिजो मलेसियासँग हारेको नेपाल आजको खेलमा दवावमा हुने छ ।
थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा एसियाको पूर्वी क्षेत्रका टेष्ट नखेल्ने ५ टोली सहभागी छन् ।
राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले पश्चिमी समूहका शीर्ष दुई टोलीसँग एसिया कप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।
इस्टर्न रिजन प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्यान्ड, सिंगापुर र हङकङ सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline