सन्दीपले एक सय विकेटको कीर्तिमानी लक्ष्य पूरा गरे

सन्दीपले एक सय विकेटको कीर्तिमानी लक्ष्य पूरा गरे

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं फागुण १७। नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमानी १०० विकेट पूरा गरेका छन् । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि टि–ट्वान्टी क्रिकेटमा ऐतिहासिक १०० विकेट पूरा गरेका हुन् ।

थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध एक विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरेका थिए । सन्दीपले टि–ट्वान्टी क्रिकेटमा १०२ विकेट पूरा गरि सकेका छन् ।

सन्दीपले टि–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले नेपालबाट १८ खेलमा ३२ विकेट लिएका छन् । सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ