सहिद स्मारक ’बी’ डिभिजनः खुमलटारको लगातार दोस्रो जित

सहिद स्मारक ’बी’ डिभिजनः खुमलटारको लगातार दोस्रो जित

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं १६ फागुन ।
खुमलटार युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज १० खेलाडीमा सिमित रानीपोखरी कर्नर टिम आरसीटीलाई ३–० गोल अन्तरले पराजित गर्दै खुमलटार लगातार दोस्रो जित निकालेको हो ।

खुमलटारको जितमा सबिन केसीले दुई गोल गरे । महेश राईले थप एक गोल गरे । खेलको २५ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । ३५ औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।

खेलको ३६ औं मिनेटमा कप्तान अमर डंगोलले रातो कार्ड पाएपछि आरसिटी १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ६० औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच खुमलटारका महेश राई चुनिए ।

जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १(० गोल अन्तरले पराजित गरेको थियो । आरसीटीले भने २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा आरसीटीले झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ