युरोपा लिग फुटबलः म्यान्चेस्टर युनाईटेड ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश, आर्सनल बाहिरियो

युरोपा लिग फुटबलः म्यान्चेस्टर युनाईटेड ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश, आर्सनल बाहिरियो

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १६ फागुन।  इङ्गलिस क्लबहरु म्यान्चेस्टर युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स युरोपा लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । बिहिवार भएको खेलमा बेल्जियमको क्लब ब्रुजलाई ५–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड अर्को चरणमा उक्लिएको हो ।

पहिले लेगको खेलमा १–१ गोलको बराबरी खेलेपछि भएको दोस्रो लेगमा शानदार जित निकाल्दै म्यान्चेस्टर युनाईटेड समग्रमा ६–१ को परिणमसहित अर्को चरणमा उक्लिएको हो ।

रातीनै भएको अर्को खेलमा स्पेनको इस्पानियोलसँग ३–२ ले हारेपनि समग्रमा ६–३ को जितसहित वुल्भरह्याम्पटन वान्डरर्स पनि अर्को चरणमा उक्लियो ।

लण्डन क्लब आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न दोस्रो लेगको खेलमा ग्रिसको ओलम्पियाकोससँग २–१ ले पराजित भएपछि समग्रमा खेल २–२ गोलको बराबरीमा पुग्यो । यस्तोमा आर्सनलको मैदानमा गरेको दुई ‘अवे’ गोलको मद्दतले ओलम्पियाकोस अर्को चरणमा उक्लियो ।

बिहिवारराति सम्पन्न खेलहरुपछि स्पेनको गेटाफे, डेनमार्कको एफ.सी कोपनहेगन, इटालीको इन्टर मिलान र एएस रोमा, जर्मनीको बायर लिभरकुजेन र वुल्फवर्ग तथा स्विट्जरल्याण्डको एफ.सी बाजल पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ