दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने

दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने

  • बिहिबार, फाल्गुन १५, २०७६
  • प्रविण अधिकारी

  • 8.2K
    SHARES

झापा, १५ फागुन । झापाको दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

दमक क्रिकेट क्लब र प्रयाट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरकाे सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ। दुइदिवसिय फर्मेटमा सञ्चालन हुने यश प्रतियोगितामा कुल ६ टिम रहने, ७ खेल हुने र प्रतियोगिताकाे बिजेताले ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन्।

यस्तो खालको प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुन लगेको हो भने यो प्रतियोगिताको ब्रान्ड एम्बेस्डर पारस खड्का हुने ट्रेनिङ सेन्टरका सचिब दिपेश रिमालले जानकारी गराए।

प्रतियोगितामा आयोजक दमक प्याट्रियाेटिक , सुनसरी जिल्ला कृकेट संघ, बिराटनगर क्रिकेट क्लब , ग्रेट हिमालयन क्रिकेट एकेडेमी,र ओएसिस क्रिकेट एकेडेमी सहित ५ टिमको टुंगो लागिसकेको र एउटा टिमको भने टुंगो लाग्न बाँकी रहेको आयोजकले जानकारी दिएको छ।

यस प्रतियोगिता सञ्चालन गर्न हुम्से दुम्से सामुदायिक वनको खेल मैदानको स्थर उन्नतिको लागि दमक नगरपालिकालाई प्रस्ताव राखेको कुरा दमक क्लबका अध्यक्ष अबिश खनालले जानकारी दिए। प्रतियोगिता १५ दिन सम्म चल्ने र प्रत्येक दिन उपस्थिति भएका एक जना दर्शक बराबर रु.१ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रदान गर्ने कुरा सेन्टरका अध्यक्ष रोशन धितालले जानकारी गराए।

प्रतियोगिता भरी खेलमैदानमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि डोनेसन बक्स राखिने कुरा पनि धितालले जानकारी गराए। पत्रकार सम्मेलनमा दमक क्रिकेट क्लबका अध्यक्ष अबिश खनाल, प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरका अध्यक्ष रोशन धिताल, सचिब दिपेश रिमाल, उपाध्यक्ष प्रनिता पोख्रेल, सेन्टरका हेड कोच तथा भुतपुर्व राष्ट्रिय खेलाडि लाक्पा लामा उपस्थित रहेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ