म्यान्चेस्टर सिटीद्वारा रियाल मड्रिड पराजित, लियोंले युभेन्टसलाइ हरायो

म्यान्चेस्टर सिटीद्वारा रियाल मड्रिड पराजित, लियोंले युभेन्टसलाइ हरायो

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले रियाल मड्रिडलाई हराएको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भयो ।

गएराति स्पेनको मड्रिडमा भएको खेलमा सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस र केभिन डे ब्रायनले एक एक गोल गरे ।

रियाल मड्रिडका इस्कोले सुरुवाती गोल गरेको खेलमा सर्जियो रामोसले रातो कार्ड खाएपछि मड्रिड १० जनामा समेटिएको थियो ।

गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंले इटालीको युभेन्टसलाई १–० ले हरायो ।

फ्रान्समा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लुकास टुजार्टले ३१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ