काठमाडौं, फागुन १५ ।
सर्वा्धिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा आज दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्दैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ ।
सहिद स्मारक ’ए’ डिभिजन लिगमा पाचौं भएको पुलिसले बाई पाएर सिधै क्वाटरफाइनलमा एपीएफसँग खेल्न लागेको हो । एपीएफले भने एनआरटी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको थियो ।
।
दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । त्यसैले डर्बी भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ । एपीएफविरुद्ध पुलिसलाई भने कठिन हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline