प्रिमियर लिग फुटबलः चेल्सी र म्यान्चेस्टर सिटी विजयी

प्रिमियर लिग फुटबलः चेल्सी र म्यान्चेस्टर सिटी विजयी

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

११ फागुन, एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो ।

जोजे मौरिन्होको टोली टोटनह्याम विरुद्ध फ्राङ्क लाम्पार्डको टोली चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र मार्कस अलन्सोले एक एक गोल गरे ।

चेल्सीकै एन्टोनियो रुडिगरले एक आत्माघाती गोल गरेपछि टोटनह्यामले हार अन्तर कम गर्‍यो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले पराजित गर्‍यो । म्यान सिटीका लागि सब्सटीच्युट खेलाडी ग्याब्रियल जिससले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

गएराती भएका अन्य खेलहरुमा बर्नलेले बर्नमाउथलाई ३–० ले हराउँदा साउथह्याम्पटनले एस्टन भिल्लामाथि २–० को नित निकाल्यो ।

यसैगरी क्रिष्टल प्यालेसले न्युकासल युनाईटेडलाई १–० ले हराउँदा शेफिल्ड युनाईटेड र ब्राइटनले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ