नेपाल आईस चौथो खप्तड गोल्डकपः साविक उपविजेता एपिएफ क्वाटरफाईनलमा

नेपाल आईस चौथो खप्तड गोल्डकपः साविक उपविजेता एपिएफ क्वाटरफाईनलमा

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

धनगढी, फागुन १० । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा साविक उपविजेता विभागीय टीम एपिएफ विजयी भएको छ । ए डिभिजन टीम एनआरटीलाई स्तब्ध पार्दै एपिएफ क्वाटरफाईनल प्रवेश गरेको हो । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भईरहेको सर्वाधिक धनराशिको गोल्डकपको दोस्रो दिन भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो । एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । खेलको ६१ औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । कप्तान टोप बहादुर बिष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच एपीएफक रमेश दंगाल चुनिए । उनले १० हजार सहित ट्रफी प्राप्त गरे । अब एपीएफले सेमिफाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३–२ को हार व्यहोरेको एपिएफले त्यसको बदला समेत लिएको छ । प्रतियोगिता अन्तर्गत आईतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।
फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ