सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश

सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

विराटनगर, ९ फागुन÷ १ नं. प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसर फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेशको आयोजनामा शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सोलुखुम्बु र झापा बिच रोमान्चक प्रतिस्पर्धा भयो । पाँच सेटबाट खेलको छिनोफानो भएको थियो । सोलुखुम्बुले झापालाई २५–२०, २३–२५, २४–२६,२५–२२, १५–११ सेटले पराजित गरि सोलुखुम्बु फाइनलमा प्रवेश गरेको हो ।
सोही दिन भएको प्रतियोगिताको दोस्रो खेलमा सुनसरीले भोजपुरलाई २५–१६, २५–१९, २५–१६ को सोझो सेटले पराजित गरि सुनसरी फाइनलमा प्रवेश गरेको मदन भण्डारी स्पोटर््स एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ । फाइनलमा खोलुखुम्बु र सुनसरी बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार, द्धितीयेलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ