शहीद स्मारक बी डिभिजन लिग फुटबल :यही फागुन दोस्रो सातादेखि

शहीद स्मारक बी डिभिजन लिग फुटबल :यही फागुन दोस्रो सातादेखि

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने र प्रतियोगिता चैत २३ गते सम्पन्न हुनेछ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक टोली ए डिभिजनमा बढुवा हुनेछ भने एक टोली सी डिभिजनमा घटुवा हुनेछ ।

लिगमा श्रीकुमारी, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम ९आरसिटी०, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ